• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सिंहको आक्रमणपछि थाई चिडियाखानामा छानबिन तीव्र


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • थाइल्यान्डको चर्चित सफारी वल्र्ड चिडियाखानामा सिंहले एक रक्षकलाई मारिदिएपछि यसको शिकारी क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । घटनापछि पार्कको सुरक्षा र पशु व्यवस्थापनबारे छानबिन तीव्र बनेको वन्यजन्तु अधिकारीहरूले जनाएका छन् ।

    Advertisement

    एसियाको सबैभन्दा ठूलो खुला चिडियाखानामध्ये एक दाबी गर्ने सफारी वल्र्ड यसले ओराङ्गुटानलाई किकबक्सिङ खेल्न र हात्तीलाई हुला–हुप गर्न बाध्य पार्ने कार्यक्रम प्रस्तुत गर्दै आएकाले पहिले नै विवादमा थियो ।

    बुधबार ५८ वर्षीय दीर्घकालीन रक्षक जियान रङ्गकारासामी गाडीबाट झर्दा सिंहको झुण्डले आक्रमण गरी मारेको थियो । शवपरीक्षणले घाँटी भाँचिनु, धमनी फुट्नु र गहिरा घाउ देखाएको छ ।

    ‘ट्रम्प’ नामक १० वर्षीय नर सिंहको नेतृत्वमा रहेका पाँच सिंहलाई खोरमा राखी निगरानीमा राखिएको छ । ठूलो बिरालो खण्ड मर्मत तथा सुधार नसकिँदासम्म बन्द हुनेछ ।

    राष्ट्रिय निकुञ्ज विभाग (डिएनपी) का वन्यजन्तु संरक्षण निर्देशक चालर्म पूम्मईका अनुसार निरीक्षणमा क्षतिग्रस्त बार, अपर्याप्त चेतावनी सङ्केत र न्यून सिसिटिभी भेटिएको छ । उहाँले चिडियाखानाको अनुमतिपत्र गत वर्षको अक्टोबरमै सकिएको र अझै नवीकरण नभएको बताउनुभयो ।

    “सुरक्षा मापदण्ड पूरा नगरेसम्म यस्तो घटना दोहोरिन सक्छ”, पूम्मईले भन्नुभयो । तर उहाँले सिंहहरूको वन्य प्रवृत्ति ‘मेटाउन नसकिने’ बताउनुभयो ।

    चिडियाखानाका एक प्रतिनिधिले अन्य भागहरू खुला रहेको र आगन्तुकहरूका लागि सुरक्षित रहेको बताए । तर संरक्षणवादीहरूले चिडियाखानामाथि सयभन्दा बढी ओराङ्गुटानलाई तस्करीमार्फत ल्याई जबरजस्ती खेल प्रदर्शन गराएको आरोप लगाएका छन् ।

    यस घटनापछि वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेसन थाइल्यान्ड (डब्लुएफएफटी) र पिपल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पिइटिए) ले राज्यलाई वन्यजन्तु स्वामित्वमा कडा नियन्त्रण गर्न आग्रह गरेका छन् ।

    थाइल्यान्डमा सिंहको स्वामित्व कानूनी भए पनि हाल करिब पाँच सय सिंह चिडियाखाना, प्रजनन फार्म, पेटिङ क्याफे र निजी घरहरूमा दर्ता छन् । डब्लुएफएफटीका संस्थापक एडविन विकले खतरनाक जनावरको निजी स्वामित्वमै पूर्ण रोक लगाउन माग गर्दै भन्नुभयो, “सुरक्षा भएको चिडियाखानामै यस्तो हुन्छ भने निजी आँगनमा के हुन्छ ?”

    डिएनपीका अर्का निर्देशक सादुदी पुन्पुग्डीले रक्षकलाई विद्युतीय लाठी, उच्च–दबाव पानी नली जस्ता सुरक्षा उपकरण अनिवार्य बनाउनुपर्ने र जोडी प्रणालीमा काम गर्न सल्लाह दिनुभएको छ । उहाँले मापदण्ड कार्यान्वयन सुनिश्चित गर्न देशभरका अन्य चिडियाखाना र निजी सिंह मालिकहरूको निरीक्षण गर्ने बताउनुभयो ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.