• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. वेदकालीन समाज

  • ८. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या झण्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो सङ्ख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ ।

    Advertisement

    यो तथ्याङ्कले विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा तीव्र बुढ्यौली र घट्दो जनसङ्ख्याले उत्पन्न गरेको गम्भीर जनसाङ्ख्यिकीय सङ्कटलाई झल्काएको छ ।

    सेप्टेम्बर १ सम्म देशमा ९९ हजार सात सय ६३ जना शतायु मानिस रहेका छन् । तीमध्ये चार हजार छ सय ४४ जनाको उमेर १०५ वर्षभन्दा माथि छ, जसमा महिलाको हिस्सा ८८ प्रतिशत छ ।

    जापानकी सबैभन्दा वृद्ध व्यक्ति नारा क्षेत्रमा बस्ने ११४ वर्षीया शिगेको कागावा हुनुहुन्छ । उहाँ ८० वर्षसम्म प्रसूति–स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकका रूपमा सक्रिय हुनुहुन्थ्यो ।

    “घर–घरमा कल गर्ने क्रममा धेरै हिँड्ने गरेँ, जसले मेरा खुट्टा बलिया बनायो । यही मेरो जीवनशक्तिको आधार हो”, कागावाले मन्त्रालयमार्फत भन्नुभयो । उहाँ अझै टिभी हेर्ने, पत्रिका पढ्ने र सुलेखन अभ्यास गर्ने गर्नुहुन्छ ।

    विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भने बेलायती महिला एथेल क्याटरहम हुनुहुन्छ । उहाँ अगस्टमा ११६ वर्षकी हुनुभयो । केही महिनाअघि ब्राजिलकी नन इना क्यानाबारो लुकासको निधनपछि उहाँलाई यो उपाधि दिइएको हो ।

    जापानमा वृद्ध जनसङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा र सामाजिक सुरक्षामाथि दबाब बढेको छ भने सङ्कुचित श्रमशक्तिले त्यसलाई धान्न गाह्रो बनाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ मा मात्र जापानी नागरिकहरूको सङ्ख्या नौ लाखभन्दा बढीले घटेको थियो ।

    प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘शान्त आपत्काल’ भन्दै जनसङ्ख्या ह्रास उल्टाउन लचिलो कार्यसमय र निःशुल्क डे केयर—लागू गर्ने जस्ता परिवारमैत्री नीतिहरूको वाचा गर्नुभएको छ । तर, अहिलेसम्म ती प्रयासहरूले उल्लेखनीय परिणाम दिन सकेका छैनन् ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
    इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • २.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ३.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ४.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ५.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ६.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ७.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    • ८.
      ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.