• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाकिस्तानमा बाढी सङ्कटबीच ‘जलवायु तथा कृषि आपत्काल’ घोषणा


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मनसुनी वर्षा र देशभर फैलिएको विनाशकारी बाढीका असरमा जलवायु तथा कृषि आपत्काल घोषणा गर्ने निर्णय गर्नुभएको छ ।

    Advertisement

    बुधबार सङ्घीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै सरिफले जलवायु परिवर्तनबाट थप क्षति रोक्नका लागि चारै प्रान्तका मुख्यमन्त्री र प्रमुख अधिकारीहरूसँग चाँडै बैठक बोलाउने बताउनुभयो ।

    बैठकमा बाढीका कारण लाखौँ एकड कृषिभूमि र बाली पूर्णरूपमा नष्ट भएको र पूर्वाधारमा ठूलो क्षति पुगेको विवरण प्रस्तुत गरिएको थियो । मन्त्रीहरूले किसान क्षतिपूर्ति, कृषि पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे सुझाव राख्नुभएको थियो ।

    मन्त्रिपरिषद् बैठकपछि संसदीय मामिलामन्त्री तारिक फजल चौधरी र पेट्रोलियम मन्त्री अली परवेज मलिकले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्नुभयो । चौधरीले बदलिँदो मौसमी ढाँचा र विनाशकारी मनसुनलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका प्रमाणका रूपमा उल्लेख गर्दै आपत्काललाई तत्काल कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले सर्वसम्मत समर्थन गरेको जानकारी दिनुभयो ।

    उहाँहरूले विगतको वातावरणीय कुव्यवस्थापन, अनियन्त्रित वन विनाश र प्राकृतिक जलमार्गमा अतिक्रमणलाई हालको बाढी विपत्तिको प्रमुख कारणका रूपमा औँल्याउनुभयो ।

    जियो न्युजका अनुसार, जलवायु परिवर्तन मन्त्रीलाई १५ दिनभित्र विस्तृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ, जसले दीर्घकालीन समाधान र नीतिगत रणनीतिका लागि मार्गदर्शन गर्नेछ ।

    कृषि आपत््काल अन्तर्गत बालीमा भएको क्षतिको मापन गरिने र किसानलाई उचित क्षतिपूर्ति दिने संयन्त्र तय गरिने पनि सरिफले स्पष्ट पार्नुभयो । उहाँले बाढीको पानी अझै दक्षिणतर्फ बगिरहेको हुँदा सङ्कट अन्त्य नभएको र क्षतिपूर्ति सङ्घीय तथा प्रान्तीय सरकारले साझा रूपमा बेहोर्ने बताउनुभयो ।

    गहुँ र कपासजस्ता प्रमुख बालीमा ठूलो क्षति पुगेको, करिब एक हजार मानिसको मृत्यु भएको, हजारौँ विस्थापित भएको र कृषि जग्गाको विशाल क्षेत्र डुबानमा परेको उहाँले स्मरण गराउनुभयो ।

    सरिफले पाकिस्तानको शासन व्यवस्थामा ऐतिहासिक रूपमा देखिँदै आएको आत्मसन्तुष्टि र यथास्थिति प्रवृत्तिको विरुद्ध चेतावनी दिँदै, जलवायु परिवर्तनको प्रभावसँग जुझ्न बलियो राष्ट्रिय रणनीति विकास गर्न आग्रह गर्नुभयो ।

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.