• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इजरायलले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि बढ्यो तनाव


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • साना । इजरायली सेनाले बिहीबार यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र रोकेको जनाएको छ । यो कदम इजरायलले त्यहाँ हवाई आक्रमण गरी कम्तीमा ३५ जनाको ज्यान लिएर एक सय ३० भन्दा बढीलाई घाइते बनाएको एक दिनपछि आएको हो ।

    Advertisement

    क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले नलिए पनि इरान समर्थित हुथी विद्रोहीहरूले अघिदेखि नै इजरायलमाथि मिसाइल र ड्रोन प्रहार गर्दै आएका छन् । उनीहरूले सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धसँगै बारम्बार आक्रमण गरेका हुन् ।

    “केही समयअघि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेपछि इजरायलका धेरै क्षेत्रमा साइरन बज्यो”, इजरायली सेनाले टेलिग्राममा भनेको छ ।

    हुथी नियन्त्रणको राजधानी सानामा रहेको सशस्त्र बलको मिडिया अपरेसनले इजरायलले जोफ प्रान्तको विद्रोही कम्प्लेक्समा आक्रमण गरेको दाबी गरेको छ । त्यस क्रममा ३५ जनाको मृत्यु र एक सय ३१ जना घाइते भएको हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले बताउनुभएको छ ।

    मृतकमध्ये २८ जना सानामा र सात जना जोफ प्रान्तमा रहेका थिए । सानामा मात्रै एक सय १३ जना र जोफमा १८ जना घाइते भएका छन् ।

    गत महिना साना क्षेत्रमा भएको सरकारी बैठकमा हुथी प्रधानमन्त्री अहमद घालेब नासेर अल–रहावीसहित नौ मन्त्री र दुई उच्च अधिकारी मारिएका थिए । यो गाजा युद्धपछि इजरायलसँगको वैमनस्यका क्रममा हुथी अधिकारीहरूको सबैभन्दा उच्च–प्रोफाइल हत्या मानिएको छ ।

    हुथी सेनाका प्रवक्ता याह्या सारीले मारिनेहरूमध्ये सेप्टेम्बर २६ र अल–यमन अखबारका पत्रकारहरू रहेको बताउनुभयो । इजरायलले पनि सशस्त्र बलको मिडिया अपरेसनसहित विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

    इजरायली सैन्य विज्ञप्ति अनुसार, लक्ष्यमा ‘हुथी सैन्य शिविर, जनसम्पर्क मुख्यालय र आतङ्कवादी शासनद्वारा प्रयोग हुने इन्धन भण्डारण सुविधा’ थिए ।

    हुथीहरूको अल–मासिराह टेलिभिजनले अल–हजम सहरस्थित सेन्ट्रल बैंक शाखामा समेत आक्रमण भएको र कर्मचारी घाइते भएको जनाएको छ । उनीहरूले हवाई रक्षासँग प्रतिरोध गरेको दाबी पनि गरेका छन् ।

    यसअघि आइतबार यमनबाट प्रक्षेपण गरिएको ड्रोनले दक्षिणी इजरायलको रामोन विमानस्थलमा आक्रमण गरी एकजना घाइते बनाएको थियो ।

    सन् २०२३ अक्टोबरदेखि हुथीहरूले इजरायलविरुद्ध निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् । यसको प्रतिकारस्वरूप इजरायलले यमनका बन्दरगाह, पावर स्टेसन र सानाको अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारहरूमा प्रहार गर्दै आएको छ ।

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.