• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हुथी विद्रोहीद्वारा इजरायलको विमानस्थलमा ड्रोन आक्रमण, गाजामा आक्रमण तीव्र बनाउँदै इजरायल


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • तेल अविभ, इजरायल । यमनस्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलको दक्षिणी भागमा पर्ने रमान अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन मार्फत आक्रमण गरेका छन् । इजरायली सेनाले यस घटनामा विमानस्थलका काँच फुटेको, एक जना व्यक्ति सामान्य घाइते भएको र केही घण्टाका लागि उडानहरू रोकिन पुगेको बताएको छ ।

    Advertisement

    विमानस्थलमा पुगेको क्षति सानोतिनो रहेकोले उडानहरू पुनः छिट्टै सञ्चालनमा आएका थिए । हुथी विद्रोहीहरूले यस आक्रमणको जिम्मेवारी लिएका छन् र यसलाई इजरायलमाथिको आफ्नो सैन्य अभियानलाई तीव्र पार्ने सन्देशका रूपमा व्याख्या गरेका छन् ।

    हुथी सैन्य प्रवक्ताले ८ वटा ड्रोन प्रहार गरिएको बताउनुभयो । उहाँले इजरायलका विमानस्थलहरू सुरक्षित नभएको चेतावनी दिनुभएको छ ।

    इजरायली सेनाले केही ड्रोनलाई रोक्न सफल भए पनि यस ड्रोनलाई समयमै नियन्त्रणमा लिन नसकेको कारणहरूको अध्ययन गरिरहेको जनाएको छ ।

    हुथी विद्रोही र इजरायलबीच तनाव बढ्दो क्रममा

    इजरायलले यमनमा हुथी विद्रोहीहरूको प्रधानमन्त्री अहमद अल–राहावी र अन्य वरिष्ठ अधिकारीहरूको हत्या गरेको केही दिनमै हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमणहरू तीव्र पार्ने प्रतिज्ञा गरेका छन् ।

    हुथी विद्रोहीहरूले आधुनिक हतियार तथा क्लस्टर बमको प्रयोग गर्दै इजरायलमाथि आक्रमण गरिरहेका छन्, जसले इजरायली सुरक्षा प्रणालीलाई चुनौती दिइरहेको छ ।

    गाजा सिटीमा इजरायली आक्रमण तीव्र

    इजरायली सेनाले गाजा सिटीमा पनि आफ्नो आक्रमणलाई थप तीव्र बनाएको छ । आइतबार अल–रइया नामक सात तल्ले भवन ध्वस्त पारिएको छ, जहाँ विस्थापित फलिस्तीनीहरू बस्दै आएका थिए । इजरायली सेनाले उक्त भवनलाई हामासको खुफिया केन्द्र भएको दाबी गरेको छ, तर हामासले यो अस्वीकार गरेको छ ।

    इजरायली सेनाले स्थानीय नागरिकहरूलाई सुरक्षित दक्षिणतर्फ सर्न अनुरोध गरेको छ । तर, धेरै विस्थापितहरू बारम्बार विस्थापनको कारण त्यहीँ बस्न इच्छुक देखिएका छन् ।
    गाजा क्षेत्रमा अहिलेसम्म ६४ हजारभन्दा बढी मानिसहरू मारिएका छन्, जसमा महिलाहरू र बालबालिका पनि ठूलो सङ्ख्यामा छन् ।

    इजरायली सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

    इजरायलको सर्वोच्च अदालतले प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त भोजन र आधारभूत जीवनयापनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । यो फैसला मानवअधिकार समूहहरूको निवेदनमा आएको हो, जसले कैदीहरूमा कुपोषण भएको उजुरी गरेका थिए ।

    यो निर्णयले इजरायलमा युद्ध नीति सम्बन्धी कानुनी पक्षमा महत्वपूर्ण प्रगति मानिएको छ र अन्तर्राष्ट्रिय रूपमा प्रशंसा पनि प्राप्त गरेको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायलले आफ्नो शान्ति प्रस्ताव स्वीकार गरेको र अब हामासले पनि सहमति जनाउनुपर्ने बताउनुभयो । उहाँले यसलाई आफ्नो ’अन्तिम चेतावनी’ भन्नुभएको छ ।

    तर, इजरायली अधिकारीहरूले यस दाबीको पुष्टि गरेको छैन । हामासले भने अमेरिकाबाट केही प्रस्तावहरू प्राप्त गरेको र युद्ध अन्त्य गर्नका लागि कुनै पहललाई स्वागत गरेको जनाएको छ । तर हामासले पूर्ण इजराली फिर्ती र गाजाको स्वतन्त्र प्रशासनको मागमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.