• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • दुबई । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन ।

    Advertisement

    यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन् । यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए ।

    स्याटेलाइट जडान र भूमिगत केबलहरूसँगै अन्डरसी केबलहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया, इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन्, जसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ ।

    माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ । वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ ।

    इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ । संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलताहरू’ लाई जिम्मेवार ठहराएको छ ।

    दक्षिणपूर्वी एसिया–मध्यपूर्व–पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ । भारत–मध्यपूर्व–पश्चिमी युरोप केबल भने अल्काटेल–लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ । तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

    पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल) ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ । तर साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन ।

    संयुक्त अरब इमिरेट्स (युएई) मा दुबई र अबुधाबीका प्रयोगकर्ताहरूले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन् । तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    सबसी केबलहरू जहाजका लङ्गर खस्दा काटिन सक्ने भए पनि यस्ता घटनामा लक्षित आक्रमणको सम्भावना पनि रहन्छ । क्षतिग्रस्त केबल मर्मत गर्न प्रायः हप्तौँ लाग्छ र जहाजले समुद्रको पिँधमा काटिएको स्थान पहिचान गर्नुपर्छ ।

    गाजा पट्टीमा इजरायल–हमास युद्धलाई लिएर यमनका हुथी विद्रोहीहरूले हालै शृङ्खलाबद्ध आक्रमण चालेका थिए । इजरायलले यसलाई हवाई आक्रमणमार्फत जवाफ दिएको थियो, जसमा विद्रोही नेताहरू मारिएका थिए ।

    सन् २०२४ को प्रारम्भमै निर्वासनमा रहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले लाल सागरका समुद्री केबलहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । त्यतिबेला पनि केही केबल काटिएका थिए, तर विद्रोहीहरूले जिम्मेवारी लिएका थिएनन् । आइतबार बिहान हुथीहरूको अल–मासिराह स्याटेलाइट समाचार च्यानलले नेटब्लक्सलाई उद्धृत गर्दै कटौती भएको स्वीकार गरेको छ ।

    सन् २०२३ नोभेम्बरदेखि सन् २०२४ डिसेम्बरसम्म हुथीहरूले गाजा युद्धसँगै एक सयभन्दा बढी जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएका थिए । ती आक्रमणमा अहिलेसम्म चारवटा जहाज डुबाइएका छन् र कम्तीमा आठ नाविकको मृत्यु भएको छ ।

    इरान समर्थित हुथीहरूले छोटो युद्धविराम अवधिमा आक्रमण रोकेका थिए । तर त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक सातासम्म तीव्र हवाई आक्रमण चलाइएको थियो । त्यसक्रममा हुथीहरूले दुई जहाज डुबाएका थिए, जसमा चार जनाको मृत्यु भएको थियो भने अन्य केही नाविकलाई विद्रोहीहरूले कब्जा गरेको विश्वास गरिन्छ ।

    हुथीहरूको नयाँ आक्रमणबीच इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे छलफल भइरहेका छ ।  त्यस्तै, इजरायलले हालै १२ दिन लामो युद्ध सञ्चालन गर्दै अमेरिकी सहयोगमा इरानका तीनवटा आणविक साइटमा बम प्रहार गरेपछि तेहरानको आणविक कार्यक्रमबारे वासिङ्टन–तेहरान वार्ताको भविष्य पनि अनिश्चित बनेको छ ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.