• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका लागि तयार


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • मस्को । रुसले विकास गरेको क्यान्सर खोपले प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसले सुरक्षा र उच्च प्रभावकारिता दुवै देखाएको छ ।

    Advertisement

    फेडरल मेडिकल र जैविक एजेन्सी (एफएमबिए) की प्रमुख भेरोनिका स्क्वोर्टसोभाले यो घोषणा पूर्वी आर्थिक फोरम (इइएफ) मा गर्नुभएको हो ।

    “यो अनुसन्धान धेरै वर्षसम्म फैलिएको थियो, यसको अन्तिम चरण अनिवार्य तीन प्रिक्लिनिकल अध्ययनका लागि समर्पित थियो”, तास समाचार एजेन्सीले स्क्वोर्टसोभाको भनाइ उद्धृत गर्दै भनेको छ, “खोप अब प्रयोगका लागि तयार छ; हामी आधिकारिक स्वीकृतिको प्रतीक्षामा छौँ ।”

    उहाँका अनुसार, प्रिक्लिनिकल नतिजाले बारम्बार प्रशासित हुँदा पनि खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूले ट्युमरको आकार घटेको र ट्युमरको प्रगति सुस्त भएको देखेका छन्, जसको प्रभाव दर रोगको प्रकृतिअनुसार ६० देखि ८० प्रतिशतसम्म रहेको छ । साथै, खोप प्रयोगपछि बाँच्ने दरमा पनि वृद्धि भएको सङ्केत गरिएको छ ।

    यस खोपको पहिलो लक्ष्य कोलोरेक्टल (कोलोन) क्यान्सर हुनेछ । यससँगै ग्लियोब्लास्टोमा र ओकुलर मेलानोमा लगायतका विशेष प्रकारका मेलानोमाका लागि पनि खोप विकासमा उल्लेखनीय प्रगति भइरहेको स्क्वोर्टसोभाले बताउनुभयो । यी खोपहरू अहिले विकासको उन्नत चरणमा पुगेका छन् ।

    दशौँ पूर्वी आर्थिक फोरम सेप्टेम्बर ३ देखि ६ सम्म भ्लाडिभोस्टकमा ‘सुदूर पूर्व : शान्ति र समृद्धिका लागि सहयोग’ भन्ने विषयवस्तुमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा सात ट्र्याकअन्तर्गत एक सयभन्दा बढी सत्रहरू आयोजना गरिएका थिए, जसमा ७५ भन्दा बढी देश र क्षेत्रका करिब आठ हजार चार सय सहभागी उपस्थित थिए ।

    सामान्यतया, खोपहरू दादुरा खसरा वा चिकनपक्सजस्ता सङ्क्रमण रोक्न प्रयोग गरिन्छन्। यी खोपहरूले प्रतिरक्षा प्रणालीलाई हानिकारक कीटाणु पहिचान र प्रतिक्रिया गर्न प्रशिक्षण दिन्छन्। तर केही खोपहरू विशेष गरी क्यान्सर कोषहरू पहिचान गरी लक्षित गर्न प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने उद्देश्यले बनाइएका हुन्छन्।

    हाल क्यान्सर खोपहरू केही प्रोस्टेट र मूत्राशय क्यान्सरका उपचारका लागि उपलब्ध छन् भने अमेरिकन क्यान्सर सोसाइटीका अनुसार थप अनुसन्धानहरू जारी छन् ।

    क्यान्सर खोपहरू प्रयोगशालामा तयार पारिएका पदार्थहरू हुन् जसले शरीरको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई बलियो बनाइदिन्छन् । खोपको प्रकारअनुसार केही क्यान्सर उपचारका लागि प्रयोग गरिन्छ भने केही क्यान्सर रोकथामका लागि, जस्तै एचपिभी (मानव प्यापिलोमा भाइरस) खोप ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.