तौलिहवा । नेपाल अदै सङ्घ कपिलवस्तुको प्रथम भेला सम्पन्न भएको छ ।
केन्द्रीय सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ भदौ २० गते शिवराज नगरपालिका वडा नं. ३ को खरेन्द्रपुरमा सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै उहाँले अदै जातिको इतिहास दुल्लु शिलालेखबाट स्पष्ट भएको बताउनुभयो ।
अदै जातिको इतिहासको खोजी गर्न ढिलाइ भएको बताउँदै उहाँले अदै सङ्घ बनाएर यसलाई सूचीकृत गर्न पहल गर्ने, इतिहास लेख्ने योजना रहेको बताउनुभयो ।
भेलामा जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, अखिल नेपाल जनजाति सम्मेलन शिवराज नगर समितिका अध्यक्ष शिवप्रसाद थारू र समाजसेवी भीमबहादुर अदैले शुभकामना दिनुभएको थियो ।

अध्यक्षमा मननबहादुर अदै
भेलाले मनबहादुर अदै अध्यक्ष रहनुभएको १९ सदस्यीय अदै सङ्घको जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भीमबहादुर अदै, सचिवमा नैना अदै, कोषध्यक्षमा नरमान अदै तथा सदस्यमा शशिमाया अदै, दलमान अदै, रणमला अदै, तुलबहादुर अदै, प्रेम अदै, गङ्गा अदै, दुरु अदै, विनिता अदै, दीपा अदै, गोपाल अदै र बाघमती अदै रहनुभएको छ ।
भेलाले केरसिंह अदै, दिलबहादुर अदै, लालप्रसाद अदै र छामबहादुर अदैलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाले खरेन्द्रपुरमा कार्यालय राख्ने, केन्द्रको विधान पालना गर्नेलगायतका निर्णय गरेको बताइएको छ ।
तुलबहादुर अदैको अध्यक्षता तथा गोविन्द अदैको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मनबहादुर अदैले गर्नुभएको थियो ।
