ढाकाराम पौडेल
(अध्यक्ष)
अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ (ब्ल्ल्क्ष्ऋग्) केन्द्रीय समिति
श र जनताको हित अनुकुल भन्दा निजी स्वार्थमा रुमलिएको पत्रकारितालाई चुनौती दिदैं आवाज बिहीनहरूको आवाज बन्दै आएको युगदर्शन साप्ताहिकले नेपालको राष्ट्रिय हितलाई सर्वोपरी ठानेर राष्ट्र राष्ट्रियतासँगै सत्य, निष्पक्षता र समाजप्रति उत्तरदायी पत्रकारिताको यात्रामा सातौँ वर्षमा प्रवेश गरेको यस अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आफुलाई केन्द्रभागमा राखेर गरिने पत्रकारिताले कहिल्यै निश्पक्षता प्रदर्शन गर्न सक्दैन यस साप्ताहिकले निष्पक्षतालाई केन्द्रभागमा राखेर विगत वर्षहरूमा प्रस्तुत गरेका समाचार, विचार र विश्लेषणहरूले पाठक समाजलाई सचेत बनाउँदै सामाजिक, आर्थिक र राजनीतिक चेतनाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
अझ सबल, प्रभावकारी र जनपक्षीय पत्रकारितामार्फत युगदर्शन साप्ताहिकले आगामी दिनहरूमा देश, समाज र पाठकवर्गलाई निरन्तर सेवा पुर्याओस् भन्ने शुभकामना व्यक्त गर्दछु । शुभकामनासहित