• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मोदीले ट्रम्पको नोबेल प्रयास अस्वीकार गर्दा भारत–अमेरिका सम्बन्धमा तनावः रिपोर्ट


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोन कलका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गर्नुभएको थियो ।

    Advertisement

    तर प्रधानमन्त्री मोदीले उक्त अनुरोध अस्वीकार गर्दै ट्रम्पको दाबीलाई खारेज गर्नुभएको थियो । भारतको आधिकारिक अडान अनुसार भारत र पाकिस्तानबीच भएको युद्धविराम अमेरिकाको संलग्नताबिना दुवै देशको प्रत्यक्ष सहमतिमा तय भएको थियो । न्युयोर्क टाइम्सको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ ।

    रिपोर्ट अनुसार ट्रम्पको नोबेल पुरस्कार खोजीमा सहयोग नगर्ने मोदीको निर्णयले भारत–अमेरिका सम्बन्ध बिगार्न महत्त्वपूर्ण भूमिका खेलेको हो ।

    फोन कलमा ट्रम्पले सैन्य वृद्धि रोक्न पाउँदा गर्व लागेको बताउनुभएको थियो र पाकिस्तानले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गर्न लागेको दाबी गर्नुभएको थियो । तर मोदीले हालको युद्धविराममा अमेरिकाको कुनै भूमिका नभएको स्पष्ट पार्नुभएको थियो ।

    फोन कल भएको केही हप्तापछि अमेरिकाले भारतमाथि २५ प्रतिशत पारस्परिक भन्सार शुल्क लगाएको र रूसबाट छुटमा तेल खरिद गरेकोमा थप २५ प्रतिशत जरिवाना घोषणा गरेको थियो । यससँगै भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क लागू भएको थियो ।

    न्युयोर्क टाइम्समा मुजीब मशाल, टायलर पेजर र अनुप्रीता दासद्वारा तयार पारिएको यो रिपोर्ट वासिङ्टन र नयाँदिल्लीका एक दर्जनभन्दा बढी व्यक्तिसँगको गोप्य शर्तमा लिइएको अन्तर्वार्तामा आधारित छ । रिपोर्टअनुसार जुन १७ को फोन कलपछि मोदी र ट्रम्पबीच कुनै संवाद भएको छैन ।

    यस वर्षको उत्तरार्धमा भारतमा हुन लागिरहेको क्वाड शिखर सम्मेलनमा पनि अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी नहुन सक्ने सम्भावना रहेको उल्लेख छ ।

    सोही फोन कलमा प्रधानमन्त्री मोदीले क्यानाडामा भएको जी–७ शिखर सम्मेलनपछि वासिङ्टन भ्रमण गर्न ट्रम्पको निमन्त्रणा अस्वीकार गर्नुभएको थियो ।

    ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी सेना प्रमुख असीम मुनीरबीच जबरजस्ती हात मिलाउने प्रयास गर्न सक्ने आशङ्काको कारण यो अस्वीकार भएको भनिएको छ ।

    भारतका वरिष्ठ अधिकारीहरूका अनुसार, ट्रम्पले भारत–पाकिस्तान सम्बन्धको जटिलताप्रति पर्याप्त चासो देखाउनुभएको थिएन । पछि आंशिक व्यापार सम्झौतालाई अन्तिम रूप दिन अर्को संवाद गर्ने तयारी भए पनि दुई नेताबीचको विश्वास घट्दै गयो ।

    भारतीय अधिकारीहरूलाई यदि कुनै सम्झौता भए पनि ट्रम्पले आफूले चाहेजस्तो कुरा सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गर्नुहुनेछ भन्ने आशङ्का थियो ।

    कर वार्ताबाट निराश हुनुभएका ट्रम्पले मोदीसँग बारम्बार सम्पर्क गर्ने प्रयास गर्नुभएको थियो । तर ती प्रयासहरूको मोदीले कुनै जवाफ दिनुभएको थिएन ।

    यद्यपि ह्वाइट हाउसका प्रवक्ताले भने रिपोर्टअनुसार ट्रम्पले सम्पर्क गरेको दाबी अस्वीकार गरेका छन् ।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.