• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सरिता गिरीको उदाहरण दिँदै सांसदहरुले भनेः विदेशीलाई नागरिकता सहज पार्न हुँदो रहेनछ


  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । सांसदहरुले विदेशी नागरिकलाई सहजै नागरिकता दिँदा कस्तो अवस्था आउने रहेछ भन्ने सरिता गिरी प्रकरणबाट सिक्नुपर्ने बताएका छन् । संविधान संशोधनका क्रममा सरिता गिरी जस्ता सांसदहरुको बहुमत पुगेको भए के हुन्थ्यो भन्ने उदाहरण दिँदै राष्ट्रियता भन्दा ठुलो महिला अधिकार नहुने धारणा राखेका छन् ।

    Advertisement

    संसदमा दुई वर्षदेखि विचाराधिन रहेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिमा भएको छलफलमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद पम्फा भूसालले समानताको कुरा राष्ट्रियता भन्दा ठूलो नहुने बताउनुभयो ।

    विवादको विषय बनेको वैवाहिक अंगीकृत नागरिकता कति समयपछि दिने भन्ने विषयमा धारणा राख्दै उहाँले सांसद सरिता गिरीको उदाहरण दिँदै भन्नुभयो, ‘सहजै ढंगले विदेशीलाई नागरिकता दिने कुरा अरु,अरु देशको कुरा उठाएर गर्न सकिँदैन । गर्न हुन्न नै । हामीलाई पछिल्लो परिघटनाले महिला उदार हुनुपर्छ भनने कुराको खण्डन गरेको छ । बुहारीप्रति उदार हुनुपर्छ भन्दा नहुने कुरा रहेछ । त्यो संख्या बहुमत भएको भए संविधान संशोधन के हुन्थ्यो होला ? हामीलाई झस्काएको छ ।’

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खुला सीमाना यथावत रहँदासम्म नागरिकताको विषयमा निर्णय गर्न नहुने बताउनुभयो । निर्णय गर्दा आफ्नो खुट्टामा आफै बञ्चरो हानेजस्तो हुने उहाँले बताउनुभयो । आमा र बुवा दुबै बंशज नहुदाँसम्म बंशजको नागरिकता दिन नहुने पनि उहाँले बताउनुभयो ।

    २ वर्षअघि आएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि लामो समयपछि संसदीय समितिमा छलफल पुनः सुरु भएको हो । २०७५ साल साउन २२ गते प्रतितिधिसभामा दर्ता भएको विधेयकमा सोही वर्ष भदौ ५ गतेबाट समितिमा छलफलको क्रममा रहेको छ ।

    राजनीतिक सहमति जुटाएर अगाडी बढ्ने भन्दै केही महिनाअघिबाट राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल रोकिएको थियो । मंगलबारबाट छलफल पुनः सुरु भएको छ ।

    समिति सभापति शशी श्रेष्ठले सहमति जुट्न नसकेका विषयहरु टुंगो लगाउने प्रयास स्वरुप मंगलबारबाट छलफल सुरु भएको बताउनुभयो । मंगलबार नै सभापतिले सहमति जुट्न बाँकी विषयहरु टुंगो लगाउने प्रयास गरेपनि सांसदहरुले अझै समय माग गरेका छन् ।

    गृह मन्त्रालयले विधेयकमा समावेश गर्न यसअघि नै नेपाली नागरिकसँग विवाह गरेकी महिलाले नेपालमा लगातार स्थायी बसोबास भएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रस्ताव पेश गरेको छ । त्यसका लागि विवाह दर्ता गरी स्थायी रुपमा बसोबास गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस, आफुले विदेशी राष्ट्रियता जनाउने कुनै प्रमाणपत्र÷नागरिकता नलिएको भए सोको प्रमाणपत्र र त्यस्तो प्रमाणपत्र/नागरिकता लिएको भए परित्या गर्ने कारवाही चलाएको प्रमाणसहित निवेदन दिनुपर्ने छ ।

    अंगीकृत नागरिता नपाएसम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता सरहको स्थायी आवासिय अनुमति पत्र दिन सकिने प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।

    मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.