धर्म सुनार, (रोहतक)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत महिला विभागको आयोजनामा प्रगतिशील हरितालिका तिजी कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
महिला संयोजक अनिता परियारको अध्यक्षता र उषा विकको सञ्चालनमा भएको कार्यक्रममा पश्चिम उत्तर क्षेत्रीय सदस्य एवम् नगर अध्यक्ष सुभाष गौतमले प्रमुख आतिथ्यता गर्नुभएको थियो।
सुभाष गौतमले कार्यक्रमको उद्घाटन गर्दै महिलामाथि घटेका घटनाहरूलाई न्यूनिकरण गर्न महीलाहरू जागरुक भएर समाज सङ्गगठनमा आबद्ध हुनुपर्ने बताउनुभयो ।
शहीदहरूको सम्झनामा एक मिनेट मौनधारणपछि उपस्थित सबैलाई महिला विभागको तर्फबाट कमला बोहराले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बलबहादुर विक, ओमनाथ भट्टराई, हेमन्त भुसाल, बिक्की परियार, धर्म सुनारले हरितालिका तिजको शुभकामना दिनुभएको थियो ।


