• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रेस स्वतन्त्रताको रक्षा : संविधानको नै रक्षा


  •   बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
  • प्रारम्भमा नै यो तथ्यमा स्पष्ट हुनु आवश्यक छ : कुनै पनि देशको प्रेस स्वतन्त्रता सम्बन्धित देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र सामाजिक सद्भावको रक्षाभन्दा माथि हुन सक्दैन । कुनै पनि देशको प्रेस स्वतन्त्रताले उपर्युक्त सबै विषयप्रति अरुचि र उदासिनता व्यक्त गर्दछ भने त्यसले त्यसको गैरउत्तरदायी चरित्रलाई नै बताउनेछ । यस्तो अवस्था उत्पन्न नहोस्, त्यसका लागि पत्रकारिता क्षेत्रले पनि आफूलाई अनुशासनमा राख्नुपर्दछ । यस सन्दर्भमा पत्रकारिता क्षेत्रले स्वनियमनको विधि अँगालेको स्पष्ट छ । यस सन्दर्भमा कतिपयको भनाइ हुन्छ : सञ्चारमाध्यम दर्ता हुनुहुन्न, अभिलेखसम्म हुन सक्दछ । यसरी उनीहरूले पत्रकारिता कसैको अधीनमा हुन नहुने अराजक सोचाइ व्यक्त गरिरहेका हुन्छन् ।

    Advertisement

    प्रसङ्ग संसदीय समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक र सिधा कुुरा प्रकरणमा सर्वोच्चको आदेशको छ । प्रेस काउन्सिल प्रत्यक्ष रूपमा सरकारको मातहतमा राख्नु नेपाली सन्दर्भमा भन्नुपर्दा निरङ्कुश राजतन्त्र वा निरङ्कुश प्रजातन्त्रकालीन अभ्यास हो । त्यसको सट्टा प्रेसलाई स्वायत्त निकाय बनाइनुपर्दछ । स्वायत्त निकायको अर्थ हुन्छ : संविधान र विधायिकाप्रति जवाफदेही हुनु । अहिले मिडिया काउन्सिलको रूपमा रूपान्तरण गर्न खोजिएको प्रेस काउन्सिलको यस्तै चरित्रको हुनु आवश्यक छ । यस्तो प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रका विकृतिलाई सम्बोधन गर्नुपर्दछ । काउन्सिलले कडा प्रकृतिका न्याय दिन सक्दैन । त्यसका लागि न्यायालय छँदैछ । कुनै नागरिकलाई काउन्सिलले न्याय दिएन भन्ने लाग्यो भने न्यायालयको ढोकासम्म पुग्ने अधिकार हुन्छ नै । यस सन्दर्भमा यो उल्लेखनीय छ, पत्रकारिता क्षेत्रले जस्तोसुकै गल्ती गरे पनि प्रेस काउन्सिलभन्दा अर्को निकायसम्म नागरिक जानु हुँदैन भन्ने दाबी स्वयम् पत्रकारिता जगत्‌ले गर्नुहुँदैन । यस्तो पत्रकारिता सर्वसत्ता अर्थात् अराजक प्रवृत्ति हो । यो जिम्मेवार र अनुशासित प्रवृत्ति हुँदै होइन र कुनै पनि जिम्मेवार पत्रकारले यस्तो दाबी गर्ने छैन ।

    पक्कै पनि यसको अर्थ सरकारले प्रेस काउन्सिललाई सरकारी निकायको रूपमा राख्नुपर्दछ भन्ने होइन तर अहिले मिडिया काउन्सिल विधेयकमार्फत् सरकारको यस्तै मनसाय व्यक्त भएको छ । काउन्सिलको बोर्ड गठन गर्दा प्रस्तावित ११ सदस्यीय समितिमध्ये स्वायत्त प्रतिनिधि एक जना मात्रै छन् । ती हुन्‌– नेपाल पत्रकार महासङ्घका अध्यक्ष । त्यसबाहेक अध्यक्षसहित सबै सदस्य एक वा अर्को प्रकारले सरकारले नियुक्त गर्नेछ । अध्यक्ष नियुक्त गर्ने जुन तीन सदस्यीय समिति प्रस्तावित गरिएको छ, त्यसमा दुईओटा मन्त्रालयका सचिव नै छन् । यसबाट प्रष्ट हुन्छ, सरकारले मिडिया काउन्सिलमा सरकारकै प्रतिनिधि नियुक्त गर्न खोजेको छ । जबकि सरकार आफैले प्रेस काउन्सिललाई स्वायत्त निकायको रूपमा स्थापित गर्ने घोषणा गरेको छ तर ११ मध्ये १० जना प्रतिनिधि आफैले नियुक्त गरेर कस्तो स्वायत्त प्रेस काउन्सिल गठन हुन्छ ? विधेयकमा पत्रपत्रिका वितरण सम्परीक्षण र लोककल्याणकारी विज्ञापनको विषय छुटेका छन् । सरकारले यसबारे आफ्‌नो धारणा स्पष्ट गर्नु आवश्यक छ ।

    नेपाली पत्रकारितामा विकृति छन् तर विकृति नै मुख्य पक्ष हो ? यदि विकृति नै मुख्य पक्ष हो भनेर सरकारले स्वीकार गर्दछ भने मान्नुपर्ने हुन्छ : देशमा निरङ्कुश सरकार छ । होइन भने केही सञ्चारमाध्यमले गल्ती गरे भन्दैमा सिङ्गो पत्रकारिता क्षेत्रलाई नियमन होइन, नियन्त्रण गर्ने सरकारी प्रयासको भत्र्सनायोग्य छ । अहिलेको सरकारले पनि हेक्का राख्नुपर्दछ : प्रेस कमजोर भयो भने नागरिक स्वतन्त्रता कमजोर हुनेछ, जनताको मौलिक हकको कार्यान्वयन कमजोर हुनेछ । यस्तो हुनु संविधानको विरुद्ध जानु हो । प्रकारान्तरले सरकार मिडिया काउन्सिल विधेयकमार्फत संविधानको विरुद्धमा जाने सम्भावना देखिएको छ । हामी चाहन्छौँ, सरकारले प्रेस स्वतन्त्रतामाथि हमला सँगसँगै संविधानकै विरुद्ध हमला नगरोस् ।

    (वर्ष १६, अङ्क ४१, २०८२ भदौ ४ गते बुधबार)

    बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.