महेश रिजाल,
भालुबाङ (दाङ) । अखिल नेपाल महिला सङ्घ राप्ती गाउ“पालिका समितिको आयोजनामा तिजको पूर्वसन्ध्यामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ । विविध पहिरनमा सजिएका दिदिबहिनीले उल्लासमय वातावरणमा २०८२ भदौ २ गते सोमबार सो कार्यक्रम सम्पन्न गरेका हुन् ।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्यले शोषितपीडित महिलालाई एकजुट हुन आह्वान गर्नुभयो । महिलाले आफ्नो हकअधिकार प्राप्त गर्न महिला नै सङ्गठित हुनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक सङ्घका लुम्बिनी प्रदेश समितिका सल्लाहकार डिलाराम पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, राष्ट्रिय जनमोर्चा राप्तीका सदस्य शमशेरबहादुर केसी, महिला सङ्घका जिल्ला सदस्य बिजुला केसीलगायतले तिजबारे मन्तव्य राख्नुभएको थियो ।
महिला सङ्घ राप्तीकी अध्यक्ष कृष्णा पोख्रेलको अध्यक्षता, हस्ता आचार्यको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन महिला सङ्घ दाङकी उपाध्यक्ष कमला बेलबासेले गर्नुभएको थियो । कार्यक्रममा सङ्घीयता खारेज गर झ्, गणतन्त्र जिन्दावाद झ्, राजतन्त्र मुर्दावाद झ् नारासहित नेपाली नारीको एकता झल्किने सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा महिला हकअधिकारको पक्षमा सन्देश प्रस्तुत गरिएको थियो ।