नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले गुणनिधि आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनिश्चितकालका लागि निश्काशन गरेको छ ।
Advertisement
आचार्य कथित जागरण अभियानको केन्द्रमा रही फुटपरस्त गतिविधिमा संलग्न रहेको आरोपमा कारबाही गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
राष्ट्रिय जनमोर्चाका सदस्य तथा शुभचिन्तकहरुलाई आचार्यसँग पार्टीगत सम्पर्क नगर्न र कुनै भ्रममा नपर्नसमेत अध्यक्ष भिमप्रसाद देवकोटाद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

