• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत पिपुल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।

    Advertisement

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा परेको जानकारी दिइयो ।

    त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई खल्तीबीच आजै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता पनि भएको थियो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आशिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    मनोनयनमा परेकी रेखाले पिपुल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन् । यसैगरी उसु विधाका खेलाडी विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मेहनत गरिरहेको बताए ।

    पिपुल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ ।

    पचास प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आजबाट नै सुरु भइसकेको छ । यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

    यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपुल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कूल दस विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपुल्स च्वाइससँगै वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड यही भदौ २९ गते पोखरामा हुँदैछ ।

    पिपुल्स च्वाइस मनोनयन पर्ने खेलाडी
    विजय सिन्जाली उसु)

    विजयले जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जितेका थिए । त्यसैगरी साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कास्य, चीनमा सम्पन्न दुई अन्तरराष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल भएका थिए ।

    इभाना थापा (टेबलटेनिस)

    इभानाले दक्षिण एसियाली टेबलटेनिसमा चार पदक एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, गल्र्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै पदक जित्न सफल भएकी थिइन् । त्यस्तै २७औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल इभानाले ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुगेकी थिइन् ।

    हिमाल सोनारी (भलिबल)

    हिमालले पाँचौँ टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य, तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण सदस्य हुन् ।

    पूजा महतो (क्रिकेट)

    पूजा आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन भएर यु–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान हुन् । पहिलोपल्ट विश्वकप खेलेका नेपाली टोलीका लागि छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन दिन सफल खेलाडी पूजा शतक बनाउने महिला खेलाडी समेत हुन् ।

    त्यसैगरी उनी एसिसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी हुन् ।

    रेखा पौडेल (फुटबल)

    रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी हुन् । युएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्न सफल खेलाडी रेखाले वैकल्पिक खेलाडीका रूपमा खेल्दै साउदी अरेबियाको अल नासरविरुद्धको १–० को जितमा निर्णायक गोल गरेकी थिइन् ।

    रेखा साफ महिला च्याम्पियनसिप २०२४ मा सात गोलसहित सर्वाधिक गोलकर्ता बन्न सफल खेलाडी हुन । उनले माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल तथा श्रीलङ्काविरुद्ध दुई गोल गरेकी थिइन् ।

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.