• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

तिज पर्वलाई सांस्कृतिक महत्वका रुपमा मनाऔँ


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • देवनारायण पोखरेल ##

    Advertisement

    आउँदै गरेको हरितालिका तिज हिन्दू नारीहरूको एउटा महत्वपूर्ण चाड हो । तिज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने गरिन्छ । अन्य सांस्कृतिक चाडपर्व जस्तै वैदिक र पौराणिक प्रसङ्गसँग सम्बन्धित रहेर भाद्र शुक्ल तृतीया, गणेश चतुर्थी र ऋषिपञ्चमी समेतका दिनहरूको समयोग नै समग्रमा हरितालिका तिज हो ।

    शिवपुराण बमोजिम शक्ति, प्रेम र भक्तिकी देवी, हिमालय पुत्री, पार्वतीको प्रसङ्गसँग जोडिने हरितालिका तिजलाई नेपालमा एक विशेष पर्वको रुपमा मानिन्छ । नारी संवेदना, नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचार, सामाजिक र राजनीतिक कुरीतिजस्ता विषयमा समेत मौलिक गीतहरू रचना गर्न, हरितालिका तिज पर्वले प्रवाहित गरेको पाइन्छ । आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिएको भए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरित भनेको हरण गरेर र आलिका भनेका सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तिज पर्वलाई हरितालिका तिजको रुपमा नामकरण गरिएको भन्ने पौराणीक भनाई छ ।

    हरितालिका तिज पर्वका तमाम सकारात्मक पक्षहरूका बाबजुद महिलावादी, महिला अधिकारकर्मी तथा लैंगिक विश्लेषकहरू हिजोआजको तिज र ऋषिपञ्चमी चाडले हाम्रो समाजको विकृती, पितृसत्तालाई नै जोगाइराखेको मात्र होइन त्यसैको पक्षपोषण गरेको पनि बताउँछन् । साँच्चै भन्नुपर्दा अझ तिजले आजको महिला पुस्तालाई उपभोक्तावादी बनाएको छ । पहिला–पहिला तिजलाई सामन्तवादी संस्कृतिले निर्देशित गर्दथ्यो भने अहिले आएर यसमा पुँजीवादका असङ्गती र विकृति थपिएका छन् । तिजसम्बन्धी धार्मिक विश्वासले हाम्रा नेपाली महिलाहरूलाई कमजोर बनाउँदै गएको प्रष्टै देखिन्छ । पहिले तिजको बेला विभिन्न मन्दिर, खेल मैदानमा भेला भएर वर्षौँदेखि टुटेका, छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरू गाएर मनाउने प्रचलन विस्तारै इतिहास मात्र बन्न थालेको छ । महिलाहरूलाई घरका विभिन्न जिम्मेवारी र तनावबाट केही समयलाई भएपनि माइतिसँग समय बिताउने, सुख, दुःख बाड्ने पर्वको रुपमा पनि लिइन्थ्यो । तर आज तिजको अर्को मौलिक पक्ष भनेको सुख, दुःख र मनको वेदना पोख्ने, गीतहरूमा पनि एउटा छुट्टै संस्कृति बोकेको र गीत कै माध्यमद्वारा सन्देश पनि दिने गरिन्छ ।

    पराईघरमा भएका अन्याय अत्याचार ज्यादतिलाई गीत मार्फत् आफ्‌नो भावना प्रस्तुत गर्ने संस्कृति बोकेको पर्वको रुपमा पनि तिजलाई लिइन्छ । तिजको रौनक माइतीको आङ्गन जस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन भन्ने महिलाहरूको भनाई रहँदै आएको छ । माइतीकोमा विशेष स्नेह हुन्छ, माइतीको आँगनमा तिजको उत्साह अनि चहलपहल र सँगैका संगीहरूका साथ माइती गाउँका आफन्त प्रियजनहरूसँगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तिजको सदियौंदेखि चलिआएको जीवन्त संस्कृति हो तर अहिले तिज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको छ । जसले गर्दा हुँदाखानेले हुँनेखानेको देखासिकी गर्दै ऋण खोजेरै भएपनि कपडा र गरगहना किनेर तिज पर्व मनाएका उदाहरण समाजमा व्याप्त देखिन्छन् ।

    गरगरहनाहरूको प्रतिस्पर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउँदै जाने पनि पुराना पिढीको तर्क रहेको छ । यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने निम्न आए भएका महिलाहरूले यो पर्व मनाउने भन्दा पनि कसरी पर्वछल्ने तर्फ चिन्तित बन्ने देखिन्छ । तिजको समयमा तिजकै भड्कीलो प्रवृतिका कारण प्रायसः घरमा श्रीमान् श्रीमतीमा बेमेल, घरायसी झैँझगडा र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकमा अर्काको मागेरै भएपनि देखाउने र त्यो देखासिकी समुदायका अन्य व्यक्तिले अनुकरण गर्ने प्रवृतिले गर्दा नेपाली मौलिक संस्कार, संस्कृति नै धरापमा पर्दै गएको छ ।

    नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा बजारमा आएका गीत, नेपाली मौलिक पन, नेपाली संस्कृतिभन्दा फरक तरिकाबाट तोडमोड हुँदै नयाँ र भड्कीलो पन थपिँदै आएका छन् । पछिल्लो पिढीका नयाँ कलाकारहरूले बजारमा ल्याएका अधिकांश गीतहरूमा नेपाली मौलिकता गुम्दै गएको छ । ति गीतहरूले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् । तिज भनेको गीतका माध्यमबाट महिलाहरूले आफूले भोगेका सुख दुःखका बेदनाहरू महिलाहरू माथी हुने विभेद, तमाम किसिमका उत्पीडनका विरुद्ध संगीतको माध्यमद्वारा बह पोख्ने ठूलो अवसर पनि हो । तर पछिल्लो समयमा तिजमा उत्ताउलो खालको संस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत, पर्वको मर्म तथा नारी बेदनाभन्दा पनि फरक खालको संस्कृति अहिले भित्रिएको छ । तिजको अबसरमा एक महिना अघिदेखि दरखाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तिजको मर्यादा र संस्कृतिलाई अझ विकृतिका रुपमा लैजान थालेको अनुभुती जोकसैलाई पनि हुनसक्छ ।

    समय परिवर्तनशील र गतिशील छ । समयको परिवर्तनशीलता र गतिशीलता सँगसँगै मानव समाज र सभ्यताहरूको परिवर्तन हुँदै आएका छन् । समयको गतिसँगै भएका सकारात्मक एवम् श्रृजनशील परिवर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै विकासको उचाईमा पुर्‍याएका छन् ।

    समयको बदलिंदो प्रवाहसँगसँगै नकारात्मक र श्रृजनशीलताको अभावमा परिवर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाससम्म पुर्‍याएका छन् । तिज पर्व पनि समयको परिवर्तीत चक्रसँगसँगै परिवर्तन हुँदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिवर्तन हुन आवश्यक छ । हिजो माइती घर, ब्रत, पूजा, पंधेरो, चौतारो अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज शहर, बजार, वस्ती, ब्यवसाय, विद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुँदै ब्यापकता लिएको छ । हिँजो डम्फू, मादल, थपडी र मुर्चुङ्गामा गाईने तिजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका पनि छन् । एक प्रकारले तिज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशोक्ति नहोला ।

    तर बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रीयता, सजिलो आय आर्जनको लोभमा, तिज जस्तो पवित्र चाडलाई विकृती, बिसङ्गती र यौन स्वच्छन्दताको शिकार बनाईदै छ । जेहोस् परापूर्वकालदेखि प्रचलनमा आएको हरितालिका तिजको आफ्‌नै ऐतिहासिक महत्व छ । यसलाई आधुनिकता भित्र फेसन र आडम्बरको रूपमा शहरका होटल, पाटी प्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनलाई हामी महिलाहरूले नै त्याग्न सक्नु पर्दछ । यस्ता विकृतिले धार्मिक सांस्कृतिक र ऐतिहासिक मौलिकता नष्ट भई समाजमा कमजोर नागरिकलाई चाडवाड र संस्कृति मनाउने, सुख, दुःख साट्ने प्रचलनमा दरार सिर्जना भई विभेदको अर्को रूप विकाश हुनसक्छ । यस्ता विषयमा विचार नपुर्‍याएर समाजमा विविध अपराधपूर्ण घटनाले प्रश्रय पाउने छ । महिलाहरूले यस्ता धार्मिक सांस्कृतिक महत्वका चाडपर्व मनाउँदा विशेष ध्यान पुर्‍याउनु उत्तम हुनेछ । साथै महिलाहरू माथी हुने उत्पीडिन, दमन, सामाजिक विभेदका विरुद्ध बुलन्द आवाजको रुपमा हरितालिका तिजलाई मनाउन सकेयौँ भने सामाज रुपान्तरणमा महत्वपूर्ण भुमिका बल पुग्ने छ ।

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.