• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

तीजः नारी चेतना, परम्परा र परिवर्तनको संघर्ष


  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ###

    Advertisement

    नेपालको सामाजिक संरचना, परम्परा र संस्कृतिमा चाडपर्वहरूको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यिनै चाडपर्वमध्ये हिन्दू नारीहरूको जीवनसँग विशेष सम्बन्ध राख्ने पर्व हो- हरितालिका तीज । तीजलाई परम्परागत रूपले स्त्रीहरूको आत्मिक शुद्धि, धार्मिक आस्था र पारिवारिक समर्पणसँग जोडिएको पर्व मानिंदै आएको छ ।

    विशेषतः विवाहित महिलाहरूले आफ्‌नो पतिका दीर्घायुका लागि व्रत बस्ने, अविवाहित युवतीहरूले योग्य जीवनसाथी पाउने कामनाका साथ पूजा गर्ने, अनि माइतीसँगको आत्मीय सम्बन्धलाई नविकरण गर्ने अवसरको रूपमा तीज विगतदेखि वर्तमानसम्म आइपुगेको छ । तर, अहिले तीजको मूल मर्म, स्वरूप र सन्देश तीव्ररूपमा रूपान्तरित हुँदै गएको देखिन्छ । धार्मिक, सांस्कृतिक, सामाजिक, भावनात्मक पक्षहरूको सन्तुलन गुम्दै गएको छ र यसको ठाउँमा बजारवाद, प्रदर्शनमुखी संस्कार र प्रतिस्पर्धात्मक भोगवाद स्थापित हुँदैछ । यस्ता रूपान्तरणले प्रश्न उठाउँछ- तीज परम्पराको संरक्षण हो कि विकृति ? आत्मशुद्धिको पर्व हो कि उपभोक्तावादको उत्सव ? नारी मुक्ति र चेतनाको आवाज हो कि केवल परम्परागत भूमिकाको पुनरावृत्ति ?
    आजको तीज आधुनिकताको नाममा भड्किलो फेसन, चिल्ला भोज, डिजे पार्टी र सोशल मिडिया प्रदर्शनमा केन्द्रीत हुँदै गएको छ । काठमाडौंदेखि तेलअविवसम्म, टोकियोदेखि दोहासम्म सिएटल, टोरन्टोदेखि सिड्नीसम्म तीजले एउटा नारी पर्वको भेषमा साँस्कृतिक ग्लैमर शोको रूप लिन थालेको छ । दर खाने नाममा महिनौंपहिलेबाट सुरु हुने गहनाको प्रदर्शन, पार्टी प्यालेसमा लाखौँ खर्चिने प्रवृत्ति, र फेसन शोझैं हुने तीज उत्सवले तीजको मौलिकतामाथि प्रश्न उठाएको छ ।

    अझ भयावह पक्ष भनेको धार्मिक आस्थाको नाममा अन्धविश्वासलाई मलजल दिने परम्पराको निरन्तरता हो । व्रतको बहानामा महिलाहरूले पानीसम्म नखाई दिनभरि नाचगान गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । प्रचुर मात्रामा डिहाइड्रेसन, ब्लड प्रेसर गिरावट, कमजोरी र दीर्घकालीन प्रभाव निम्त्याउने यस्ता अभ्यासलाई वैज्ञानिक दृष्टिबाट हेर्दा अस्वस्थ छन् । महंगो सारी र छड्के तिलहरी लगायतका गहनामा सजिएर बाह्य सौन्दर्यलाई नै तीजको प्रतीक बनाउने, अनि व्रतपश्चात् पतिका खुट्टा धोएको पानी पिउनेजस्ता अभ्यासहरू अझै पनि कायम छन् । यी अभ्यासले महिलालाई भावनात्मक, शारीरिक र सामाजिक रूपमा कमजोर पार्ने मात्रै होइन, पितृसत्तात्मक मानसिकताको निरन्तरता पनि पुष्टि गर्छ ।

    वैज्ञानिक दृष्टिले हेर्दा कुनै व्यक्तिको स्वास्थ्य वा आयु अर्कैले उपवास बसेर दीर्घकालीन प्रभाव पार्न सक्दैन । न त खुट्टा धोएको पानी पिउनुले श्रद्धा व्यक्त हुन्छ, न त प्रेमको प्रमाण दिन्छ । बरु, यसले पुरुषलाई देवता तुल्याएर महिलालाई मानसिक दासत्वमा राख्ने सामाजिक संरचनाको पुनर्उत्पादन गर्छ । यस्ता अभ्यासहरू यतिबेला अझै गहिरिंदै जानु आफैंमा विडम्बनापूर्ण छ । तीजमा महिलाले पतिको दीर्घायुका लागि उपवास बस्छिन्, पूजा गर्छिन् । तर, के पुरुषहरूले पनि आफ्‌नी पत्नीको दीर्घायुका लागि त्यही त्याग गर्दछन् ? समाजशास्त्रीहरू भन्छन्, यस्तो परम्परा वास्तवमा पितृसत्ताको सजीव उदाहरण हो- जहाँ नारीको मूल्य, अस्तित्व र अधिकार परनिर्भर शर्तमा आधारित हुन्छ ।

    उता, तीजले महिला चेतनाको विकास, सामाजिक न्याय र मानव अधिकारको पक्षमा भूमिका खेल्ने अवसर पनि दिएको छ । विशेषगरी गाउँघरका महिलाहरूले तीजको माध्यमबाट गीतमा आफ्‌ना व्यथा पोख्ने परम्पराले असमानता, घरेलु हिंसा, बहुविवाहजस्ता सामाजिक कुरितिमाथि आवाज उठाउने काम गरेको छ । तर, अहिलेका तीज गीतहरू अधिकतम रूपमा फोहोर र छाडा शैलीमा सिमित हुँदैछन्। मौलिकता गुमेको छ, सामाजिक मुद्दा हराएको छ, र टिकटक ट्रेन्डअनुकूल ‘भाइरल’ बन्ने होड चलिरहेको छ ।

    परम्परा भनेको स्थिर हुने होइन, समय, समाज र चेतनासँगै विकसित हुने प्रक्रिया हो । तर त्यो विकास प्रगतिशील हुनुपर्छ, न कि केवल बाह्य परिवर्तनमा सीमित । तीजको वर्तमान रूपान्तरणले महिलाको आत्मनिर्भरता, शारीरिक- मानसिक स्वास्थ्य, आर्थिक सशक्तीकरण र सामाजिक समानताको सन्देश दिनुको सट्टा, महिलालाई अझै परनिर्भर, प्रदर्शनमुखी र दबाबयुक्त भूमिकामा सीमित गरिरहेको छ।

    प्रवासमा रहेका नेपाली महिलाहरूले पनि तीज मनाउँछन् तर त्यो मनाउने शैलीमा पनि ‘क्लास डिभाइड’ देखापर्न थालेको छ । केही सक्षम वर्गका महिलाहरूले लाखौंको गहना, साजसज्जा र भोजसहित तीज मनाउँदा, न्यून आय भएका महिलाहरू ती रीतिहरू पुरा गर्न नसक्दा आत्मग्लानिको अनुभव गर्न थालेका छन् । यसले तीजको समावेशी भावनालाई कमजोर बनाइरहेको छ ।

    अबको आवश्यकता भनेको तीजको पुनर्परिभाषा हो- नारी चेतनाको उत्सवका रूपमा । तीजलाई आत्मशुद्धिको सट्टा आत्म-अधिकारको पर्व बनाउनु पर्दछ । व्रत बसेर श्रीमानको आयु बढाउने, पतिका खुट्टा धोएको पानी पिउने जस्ता अभ्यासहरूको विरोध गरौँ । नारी-पुरुष समानतामा आधारित संस्कारलाई प्रोत्साहन गरौँ । धर्मको नाममा महिलामाथि हुने मानसिक दासत्व हटाउनु पर्दछ । श्रीमानका लागि व्रत बस्नेभन्दा पनि आफ्‌ना लागि सशक्त बन्ने प्रण गरिनु पर्छ । महिलाले आफ्‌नो स्वास्थ्य, आत्मसम्मान र भविष्यका लागि सोच्ने, अधिकार र समानताको पक्षमा उभिनु आवश्यक छ । तीज गीत अब केवल माइतीको यादमा रोइकराउने होइन, सामाजिक मुद्दामा आवाज उठाउने माध्यम बन्नु आवश्यक छ । पारम्परिक तीज भाकाहरूमा रहेका जीवनका गहिरा सन्देशलाई पुनर्जीवित गरौँ । आधुनिक सन्दर्भमा आधारित नयाँ गीत, कविता र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरौँ ।

    सांस्कृतिक पर्वहरू समयसँगै परिवर्तन भइरहेका हुन्छन्। तर त्यो परिवर्तन सुधारमुखी छ कि विकृति- मुखी, त्यो पहिचान गर्नु अत्यावश्यक हुन्छ । तीजले केही मात्र महिलालाई होइन, सबै वर्ग, जात, वर्गीय स्थिति, र स्थानमा रहेका महिलाहरूलाई आत्मसात् गर्न सक्ने हो भने मात्रै यसको सामाजिक मूल्य कायम रहन्छ ।

    नत्र, सहरकी महिलाका सेल्फी र गाउँकी महिलाको रित्तो गाग्रीबीच तीज झुन्डिएको हुन्छ । साथै, तीजमा हुने खर्च, तडकभडक, फेसनको होडलाई पनि समीक्षा गर्नुपर्छ । मिठो खाने, राम्रो लगाउने अधिकार सबैलाई बराबर होस् भन्ने सोच ल्याइनु पर्छ । त्यो अधिकार पैसाले होइन, चेतनाले आउँछ । महिलाहरू आफूभित्रको आत्मविश्वास, रचनात्मकता र सामूहिकतामार्फत तीजलाई सशक्त पर्वमा बदल्न सक्ने सामर्थ्य राख्छन् । त्यो सामर्थ्य उपयोग गरौँ ।

    पञ्चायत कालीन तानाशाही व्यवस्थाको विरोधमा महिला आन्दोलनले तीजलाई पनि जनचेतनाको पर्वका रूपमा प्रयोग गरेको थियो । आज पनि, जब देश महंगी, भ्रष्टाचार, महिला बेचबिखन, जातीय- क्षेत्रीय विभाजनजस्ता समस्यामा फसेको छ, तीजलाई सामाजिक सन्देश दिन सक्ने पर्व बनाउनु अत्यावश्यक छ । आजको दिनमा महिलाहरूलाई संविधानले थुप्रै अधिकारहरू दिएको छ- तर ती अधिकारहरू कागजमा सीमित छन् । व्यवहारमा लागू गराउन महिलाहरू आफैं जाग्नुपर्छ । तीज जस्तो सामूहिक पर्व चेतनाको लहर उठाउन सबल माध्यम हुन सक्छ, यदि त्यसलाई सामाजिक अन्यायविरुद्धको आन्दोलनका रूपमा लिइयो भने।

    यसर्थ, अब समय आएको छ- तीजलाई केवल परम्पराको नाममा मनाउने होइन, परम्पराको मूल्याङ्कन गर्ने । मौलिकता गुमाएर आधुनिकता अपनाउनु चेतना होइन, भ्रम हो। तर मौलिकतालाई जोगाएर, विज्ञान, समानता र अधिकारको सन्देश दिन सक्ने आधुनिकता साँचो प्रगति हो। तीज नारीका लागि बन्धनको होइन, विद्रोहको पर्व बन्नुपर्छ।

    नारी सशक्तीकरण केवल भाषणले सम्भव हुँदैन, त्यो व्यवहार, चेतना र सामूहिक अभियानबाट सम्भव हुन्छ। तीज त्यो अभियानको एउटा पाटो हुन सक्छ, यदि हामीले त्यसलाई सही ढंगले हेर्यौं भने।

    अन्ततः तीज हाम्रो संस्कृति हो- र संस्कृति तबसम्म जोगिन्छ जबसम्म त्यो समयसँग सँगसँगै अघि बढ्न सक्छ । हामी तीजलाई न मौलिकताको नाममा अन्धविश्वासी बनाऔँ , न आधुनिकताको नाममा छाडा बनाऔं। हामी तीजलाई बनाऔँ- सजग, सचेत र सशक्त महिलाको पर्व । जहाँ नारी देखाउँदिन, सशक्त हुन्छे। तीज रमाइलो होस्, तीज हाम्रो आत्माको उत्सव हो – मौनता र आवाजको दोसाँधमा उभिएको नारी चेतनाको चाड हो । यसको मूलमा जो पीडाहरू छन्, ती व्यक्त हुनु, साझा हुनु, सुन्ने र बुझ्ने माध्यम हुन् ।

    यो पर्वलाई पुनर्जागरण गरौँ- आत्मसम्मान, समानता र सामाजिक उत्तरदायित्वसहित । न हामी अन्धपरम्पराको दास बनौ, न हामी फेसनका भूतमा हराऔँ । हामी बनौँ तीजका साँचो उत्तराधिकारी- जो नाच्छे, गाउछे, रमाउँछे, तर सचेत भएर । तीज केवल चाड होइन, यो एउटा संस्कृतिक विमर्श, लैङ्गिक न्यायको प्रतीक र सामाजिक परिवर्तनको मञ्च हो ।

    आज तीज भक्ति र संघर्ष दुबैको प्रतीक बन्न सक्छ- यदि हामीले यसलाई प्रगतिशील, वैज्ञानिक र मानवीय दृष्टिकोणबाट पुनः परिभाषित गर्न सक्यौँ भने । त्यसैले, हामी न त मौलिकताको अन्धरक्षा गरौँ, न त आधुनिकताको अन्धानुकरण। हामी गरौं- सन्तुलनको खोज, आस्थाको सम्मान, स्वास्थ्यको ख्याल, सांस्कृतिक आत्मसात् र नारी चेतनाको उत्सव ।

    यिनै अपेक्षासहित सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी, दाजुभाइहरूलाई आउँदै गरेको हरितालिका तीज २०८२ को मंगलमय शुभकामना ।

    बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.