• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विश्वमा नै खतरनाक जातिको रुपमा मानिने ‘सेंटिनल’ आदिवासी


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • सेंटिनल टापु अण्डमान र निकोबार टापु समूहको भाग हो । यहाँ सेंटिनली जनजातिका मानिसहरू बस्छन्, जुन बाह्य संसारसँग सम्पर्क गर्नबाट टाढा रहन्छन् । उनीहरूलाई संसारका सबैभन्दा खतरनाक जनजातिहरूमा एक मानिन्छ । भनिन्छ, उनीहरूले बाह्य मानिसलाई देख्दा मात्र उसको हत्या पनि गर्दछन् । भारतीय महासागरको प्रतिबन्धित टापु सेंटिनलमा एक अमेरिकी पर्यटक कुनै खोजीका लागि पुग्दा उनको हत्या समेत भएको थियो ।

    Advertisement

    मिखाइल पोल्याकोव नामको व्यक्तिले सेंटिनल टापुको बसोबास गर्ने मान्छेहरूसँग भेट्ने प्रयास गरेका छन् । यसबाट सेंटिनल जनजातिका मानिसहरूप्रति संसारको ध्यान गएको छ, जसलाई अन्तिम प्रागैतिहासिक जनजाति मानिन्छ । यो जनजातिको बाह्य संसारसँग सम्पर्क अत्यन्त कम रहेको छ । उनीहरू आफैं आफ्‌नो क्षेत्रबाहिर जान्न हिचकिचाउँछन् र बाह्य संसारका मानिसहरूलाई पनि आफ्‌नो भूमि भित्र प्रवेश गर्न सक्दैनन् । उनीहरूले बाह्य व्यक्तिहरूलाई देख्ने बित्तिकै तिरद्वारा आक्रमण गर्द थाल्छन् ।

    तर सेंटिनल जातिका बारेमा धेरै जानकारी छैन । किनभने उनीहरु संसारका सबैभन्दा छुट्टाछुट्टै बसोबास गर्ने आदिवासी मानिसहरू मानिन्छन् । यो जाति उत्तरी सेंटिनल नामको एक सानो टापुमा बस्छ । यो टापु भारतको अण्डमान द्वीपसमूहको हिस्सा हो । सेंटिनल जातिका पूर्वजहरू ५०,००० वर्षदेखि यो टापुमा बसिरहेको विश्वास गरिएको छ । यो टापु करिब ६० वर्ग किलोमिटरको छ र भारतबाट १,२०० किलोमिटर टाढा छ ।

    सेंटिनलका मानिसहरूले कसरी जीवन यापन गर्छन्‌ ?

    सेंटिनल जातिका बारेमा बाह्य संसारले सधैं डुंगाबाट देखेर मात्र थाहा पाएको बताइन्छ । उनीहरूले प्रायः शिकार गर्छन् र रूखबाट खाना सङ्कलन गर्छन् । कतिपय समयमा तिनीहरूलाई समुन्द्री किनारमा माछा मारिरहेको पनि देखिएको छ । यद्यपि तिनीहरूको भाषा र परम्परा बाहिरका मानिसहरूका लागि एक रहस्य जस्तै छ । किनभने तिनीहरूले कुनै पनि किसिमको वाह्य सम्पर्कबाट टाढा रहन्छन् । तिनीहरूले आफ्‌नो नजिक आउने प्रयास गर्ने मानिसहरूलाई आक्रमण गर्ने हुनाले उनीहरुको नजिक जानबाट आम मानिसहरु डराउँछन् ।

    करिब ६० वर्ग किलोमिटर रहेको सेंटिनल टापु भारत सरकारको अधिनमा आउँ छ । सन्‌ १९५६ मा भारतले उत्तरी सेंटिनल टापुलाई एक आदिवासी क्षेत्रको रूपमा घोषणा गरेको थियो जो वर्तमानमा पनि कायम छ । सेंटिनल आदिवासी जनजातिलाई भारत सरकारले रेखदेख र संरक्षण गर्दै आएको छ । सन् १९५६ मा नै भारतले उत्तरी सेंटिनल टापुमा एक आदिवासी आरक्षित क्षेत्रको घोषणा गरेको थियो साथै यसको पाँच किलोमिटरको परिधिमा कुनै पनि यात्रा गर्न रोक लगाएको छ ।

    हिन्द महासागरमा सबैभन्दा छुट्टै रहेको ‘नर्थ सेंटिनल आइल्याण्ड’ लाई संसारका सबैभन्दा खतरनाक टापुमा गनिन्छ । यस टापुमा आउने पर्यटकहरूले प्रायः सेंटिनली मानिसहरूको तीरकोको सामना गर्नुपर्दछ र उस्तै परेको अवस्थामा मर्नु पनि पर्दछ । यस्तो अवस्थामा सेंटिनल टापुको तीन माइलको परिधिमा पर्यटकको आगमनलाई गैरकानूनी मानिएको बताइन्छ ।

    कैयौँले यहाँ जानको लागि प्रयास गर्दा उनीहरूले आफ्‌नो ज्यान गुमाउनुपरे घटनाहरु पनि सुन्नमा पाइन्छ । यस टापुको बारेमा अध्ययन गर्नेहरूले भनेका छन् कि ‘यी मानिसहरूले पहिलो पटक पिठ्यूँको बलमा बसेर अवांछित पाहुनालाई फर्कने संकेत गर्छन् र यदि अझै कसैले फर्कन नचाहे तीर चलाउँछन् ।’ सेंटिनलीज आज पनि झोपडीहरूमा बस्छन् र सदैव धनुष–तीर र भालाको साथमा रहेका हुन्छन् । खानेकुराको लागि पनि उनीहरूले जङ्गल र शिकारमा निर्भर रहन्छन् ।  नवभारत टाइमस्‌

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.