• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

न्यूनतम १५ सिट दलित समुदायका लागि आरक्षित हुनुपर्दछ : सुनार (भिडियो अन्तर्वार्ता)


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जातीय समता समाजका महासचिव खगेश्वर सुनारले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कुल सिटमध्ये न्यूनतम १५ सिट दलित समुदायका लागि आरक्षित हुनुपर्ने माग राख्नुभएको छ ।

    Advertisement

    २०८२ साउन २३ गते शुक्रबार युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो माग गर्नुभएको हो ।

    अहिलेसम्म विभिन्न सत्तासिन राजनीतिक पार्टीहरूले दलित समुदायलाई भोट बैङ्क बनाउँदै आएको विश्लेषण अगाडि सार्दै उहाँले न्यूनतम १५ देखि अधिकतम २५ सिट दलित समुदायका लागि आरक्षण गर्नुपर्ने बताउनुभयो ।

    समता समाजको गत जेठमा बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले यस विषयलाई उठान गरेको उहाँले जानकारी दिनुभयो ।

    यस विषयमा छलफल चलाउनका लागि काठमाडौँ र देशका अन्य स्थानमा समता समाजले अन्तरक्रिया गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    एनजिओकरण र इसाईकरण

    दलित समुदायमा एनजिओकरण र इसाईकरणको प्रभाव रहेको महासचिव सुनारले स्वीकार गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपालमा १ नम्बर सक्रिय संस्था भनेकै गैरसरकारी संस्था (एनजिओ) हो, त्यसपछिको अर्को चलखेल गर्ने इसाईकरणले गर्छ ।’

    मुख्यतः रकम पाउने स्वार्थले गर्दा दलित समुदायका कैयौँ व्यक्तिले एनजिओ सञ्चालन गरेको तथा कैयौँ इसाई धर्मको प्रचारमा लागेको उहाँको भनाइ थियो ।

    अन्तरजातीय विवाह

    महासचिव सुनारले समता समाजले अन्तरजातीय विवाहलाई स्वागत गर्ने जिकिर गर्नुभयो ।

    ‘अरूको उदाहरण के दिनु ? म आफैले अन्तरजातीय विवाह गरेको हुँ’ २०४५ सालमा अन्तरजातीय विवाह गर्दा आफूलाई छुट्याउन खोजेको तथा सामाजिक बहिष्कार गर्ने प्रयास गरेको उहाँले स्मरण गर्नुभयो ।

    अहिले अन्तरजातीय विवाह पहिलेको तुलनामा सहज भएको बताउँदै उहाँले समता समाज यसको पक्षमा रहेको दाबी गर्नुभयो ।

    अन्तरदलित भेदभाव

    अन्तरवार्ताको क्रममा उहाँले दलित जातिभित्र पनि अन्तरजातीय भेदभाव रहेको स्वीकार गर्नुभयो ।

    ‘अन्तरजातीय भेदभाव न्यूनीकरण गर्ने प्रगतिशील चेतनाले नै हो’ उहाँले भन्नुभयो– ‘यसको सुरुआत आफैबाट गर्नुपर्दछ ।’

    यस सन्दर्भमा उहाँले थर लुकाउन नहुने पनि बताउनुभयो ।

     

    ‘थर लुकाउनु हुँदैन । हामी मिहिनेतकस वर्गको मान्छे भएकाले यसमा गर्व नै गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।

    थर लुकाएका कारण नेपाल र भारतमा दलित समुदायले गम्भीर समस्या व्यहोरेको उहाँको बुझाइ थियो ।

    त्यसैगरी, नागरिकता प्रमाणपत्रमा आपत्तिजनक शब्द लेखिनुलाई गम्भीर बताउँदै त्यसलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    परिवर्तनको असर

    महासचिव सुनारले २०६२–६३ सालको जनआन्दोलन र २०७२ सालको संविधान बनेपछि पनि दलित समुदायको अवस्थामा सुधार नभएको दाबी गर्नुभयो ।

    आरक्षण र भूमिहीन दलितलाई एकपटकका लागि जमिन दिने कानुन वास्तविक दलितमाझ अझै लागु नभएको उहाँको भनाइ थियो ।

    ‘मैले त कस्तोसम्म देखेको छु भने दलित आयोगमा नै टाठाबाठा बाहुनको हालीमुहाली छ’ उहाँले भन्नुभयो ।

    त्यस्तै, दलितका लागि दिइएको आरक्षण पिँढका गरिब दलितले नपाएको उहाँको जिकिर थियो ।

    उहाँले भन्नुभयो– ‘आरक्षण दलित समुदायको पिँढसम्म पुगेको छैन । यसबाट आरक्षण वास्तविक दलितका लागि होइन भन्ने पुष्टि भएको छ ।’

    त्यस्तै उहाँले संविधानले नेपाली दलितको अवस्थामा सुधार भएको भए नवराज विकजस्ता घटन नघट्ने उहाँको विचार थियो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्नुहोला)

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.