• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलर सुलेमानको हत्या


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • जेरुसेलम । ‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल–ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको खेलकुदको स्थानीय प्रशासकीय निकायले जनाएको छ ।

    Advertisement

    प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।”

    गाजा भोकमरीको सङ्कटमा परेको अवस्थामा, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत महिना इजरायली सेनाले मे महिनाको अन्त्यदेखि यस क्षेत्रमा खाद्यान्न सहायता लिन खोजिरहेका एक हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको हत्या गरेको बताएको थियो ।

    गाजाको खादामत अल–शती क्लबका पूर्व स्टार ओबेदले प्यालेस्टिनी टोलीका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

    “आफ्नो लामो करियरमा, अल–ओबेदले एक सयभन्दा बढी गोल गरे, जसले उनलाई प्यालेस्टिनी फुटबलको सबैभन्दा चम्किला ताराहरू मध्ये एक बनायो”, पिएफएले भनेको छ ।

    मिडफिल्डर ओबेदले इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैंकको अल–अमारी युथ सेन्टर क्लबका लागि पनि खेलेका थिए ।

    सन् २०१० मा त्यहाँ बस्दै गर्दा, ओबेद मौरिटानियामा मैत्रीपूर्ण खेलका लागि जाँदै गर्दा ‘सुरक्षा कारणहरू’ का लागि जोर्डन सीमामा फिर्ता गरिएका गाजाका राष्ट्रिय टोलीका छ खेलाडी मध्ये एक थिए ।

    खेलाडीहरूले वेस्ट बैंकमा खेल्न अनुमति दिने विशेष अनुमतिपत्र नवीकरण गर्न असफल भएको एक इजरायली सुरक्षा अधिकारीले त्यतिबेला बताएका थिए ।

    ‘जब मैले सुनेँ कि हामीलाई यात्रा गर्नबाट निषेध गरिनेछ म धेरै दुःखी भएँ, किनभने कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय जर्सी लगाउने सपना देख्छ’, ओबेदले सन् २०१० मा एएफपीलाई भनेका थिए, ‘हामी संसारका अन्य ठाउँका खेलाडीहरू जस्तै आफ्ना परिवारहरूसँग स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम हुन चाहन्छौँ ।

    यसअघि इजरायलले छ खेलाडीलाई टोलीसँग यात्रा गर्न अनुमति दिएको थियो ।

    गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए ।

    प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्ध सुरु भएदेखि खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन् । तीमध्ये फुटबल समुदायका तीन सय २१ जना छन् ।

    हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणले गाजामा कम्तीमा ६१ हजार दुई सय ५८ जनाको ज्यान लिएको छ ।

    आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.