• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एमसीसी विरुद्वको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्वता


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्व चलिरहेको आन्दोलनप्रति ऐक्यवद्वता प्रकट गरेको छ ।

    Advertisement

    विहिबार अध्यक्ष दुर्गाबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी एमसीसी खारेजीको माग गर्नुभएको छ ।  नेपालमा नेकपा(मसाल),राष्ट्रिय जनमोर्चा लगायत राजनीतिक दलहरुले एमसीसी खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

    एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न अहिले संसदमा विचाराधिन छ । त्यसप्रति सत्तारुढदल नेकपाकै कतिपय सांसदहरुको असहमति रहेको छ ।

    यस्तो छ वक्तव्यः
    ‘यति वेला मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (Millennium Challenge Corporation) विरुद्ध नेपाली जनता सड्कमा ओर्लिएका छन् । नेपाल र नेपाली जनताको पक्षमा नेपाली जनताद्वारा गरिएको एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ऐक्यवद्धता प्रकट गर्दछ ।

    एमसिसिको विषयमा नेपाली राजनैतिक दलहरु दुई कित्तामा बाँडिएका छन्, एकथरि पास गराउने र अर्को थरि खारेज गराउने । केही व्यक्ति वा राजनीति दलहरु एमसिसिले दिने अनुदानलाई मात्रै निकै महत्व दिइरहेका छन् तर त्यसले भविष्यमा देशमाथि पर्ने नकारात्मक असर वा परिणामको बारे ध्यान दिएका छैनन् । देशभक्त जनतान्त्रिक शक्तिहरुले एमसिसि नेपालमा भित्रिएमा नेपाल विदेशीको रणभूमिको रुपमा साम्राज्यवादी शक्तिहरुबाट उपयोग हुने र नेपाल ध्वस्त हुने तर्क सहित आन्दोलनमा छन्, नीतिगत रुपमा र व्यवहारतः पनि सत्य यहि हो ।

    केही व्यक्तिहरुले भने मध्यमार्गी बाटो अपनाउने कोशिस गरिरहेका छन्, उनीहरुले आंशिक संशोधन सहित पास गर्नु पर्ने तर्क पनि ल्याएका छन् । जुन संशोधन सहित पास गर्ने कुरा छ, त्यो कुरा एमसिसि विरुद्धको आन्दोलनलाई दिशा विहिन बनाउने र अमेरिकी साम्राज्यवादको वफादार बनिरहन गरिएको प्रयत्न बाहेक अरु केही होइन ।

    एमसिसि अमेरिकाको सैन्य रणनीति हिन्द प्रशान्त रणनीति (­Indo-Pacific Strategy)कै अभिन्न अंगको रुपमा नै अगाडि सारिएको हो भन्ने प्रमाणित र स्पष्ट भैसकेको छ । अमेरिकाले आफ्नो प्रतिपर्धी देशलाई घेर्नको निम्ती नेपाली भूमिलाई प्रयोग गर्ने प्रयत्नमा नेपाल सामेल हुनु नेपालको हित विपरित र नेपालको असंगलग्न परराष्ट्र नीतिको पनि विरुद्ध छ । एमसिसिले दिने अनुदान भन्दा राष्ट्रहित सर्वोपरि छ । त्यसैले एमसिसिलाई कुनै पनि हालतमा पारित गरिनु हुँदैन, त्यसलाई खारेज गर्नु पर्दछ ।

    अन्तमाः हामीले नेपालमा राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) लगायत १० दलको संयुक्त आन्दोलन, राष्ट्रियताको पक्षमा विभिन्न संघसंस्था एवं आम नेपाली जनाताले चलाएको आन्दोलनलाई भारतस्थित नेपालीहरुको तर्फबाट ऐक्यवद्धता प्रकट गर्दछौं ।’

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.