काठमाडौँ । अब सेयर कारोबारमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।
Advertisement
राष्ट्रिय परिचय पत्रका आधारमा ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थाको कार्यान्वयन नेपाल धितो पत्र बोर्डबाट निर्देशन प्राप्त भएको भन्दै अबदेखि नयाँ कारोबार खाता खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिन अनिवार्य गर्न भनेको छ ।
यो व्यवस्थाले धितो पत्र बजारमा कारोबारको पारदर्शिता बढाउने र सम्पत्ति शुद्धीकरण निवारणमा सहयोग पुग्ने अपेक्षा नेप्सेको रहेको छ ।