कोलम्बो । श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएको बताइएको छ ।
Advertisement
स्थानीय प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट चिप्लिएर तल खसेको थियो । सबै घाइतेहरूलाई उपचारका लागि नजिकैको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनास्थल रहेको डेहिओविटा पहाडी क्षेत्र हो र दुर्घटनाको समयमा सडक वर्षाका कारण चिप्लो भएको प्रहरीले जनाएको छ ।
श्रीलंकाको पहाडी क्षेत्रमा यस्ता दुर्घटना विशेषगरी वर्षायाममा बारम्बार हुने गरेको जनाइएको छ ।