काठमाडौँ । नेपाली बजारमा लगातार सुन–चाँडीको मूल्य घटेको छ ।
Advertisement
बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला पाँच सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँ पुगेको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार दुई सय ७० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार दुई सय ३५ रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





