• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ग्लोबल वार्मिङ र प्रभावित भएको धानरोपाइँ


  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान व्यक्त गरेको थियो तर सो अनुमानअनुसार देशमा बढी वर्षा भएको छैन । खासगरी मधेस प्रदेशमा अपेक्षाअनुसार वर्षा भएको छैन । त्यहाँ धानरोपाइँ बढी प्रभावित भएको छ । त्यस्तै पहाडका विभिन्न भागमा पनि खण्डवृष्टिको समस्या देखा परेको छ । यसरी देशका विभिन्न स्थानमा धानरोपाइँ प्रभावित हुन पुगेको छ । यस्तो किन भयो ? त्यसका लागि मौसम वैज्ञानिकहरूले गहन अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यसका बाबजुद यो तथ्य सुरुमा नै स्पष्ट छ, जलवायु परिवर्तनका कारण यसअघि मनसुन जसरी परम्परागत प्रकारले गतिमा हुन्थ्यो, अब त्यो गति प्रभावित भएको छ । यस्तो अवस्थामा के गर्ने ? संसारभरिका मानव समुदायका सामु यो समस्या आइपरेको छ ।

    Advertisement

    ग्लोबल वार्मिङ संसारकै समस्या बनेको छ । यही क्रममा विश्वबाट हरितगृह ग्यास उत्सर्जन प्रभावित भएको छ । त्यस्तै प्रतिकूल अवस्था क्लोरोफ्‌लोरो कार्बनको छ । कार्बनडाइअक्साइड ग्याँसको उत्पादन बढ्ने तर नाइट्रोजन ग्याँसको आवश्यक सन्तुलन बिग्रिने गरेको अवस्था छ । यीलगायत विभिन्न कारणले गर्दा ओजोन तह पातलिन थालेको वैज्ञानिकहरू बताइरहेका छन् । यी सबै कारणले ग्लोबल वार्मिङ बढ्दा मौसम विज्ञानका सामु चुनौती आइपरेको छ । त्यस क्रममा असामयिक वर्षा, बाढीपहिरो, हिउँपहिरो, खडेरी, अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टिजस्ता समस्या विश्वले व्यहोरिरहेको छ । यसै सिलसिलामा यतिखेर नेपालले मनसुनी प्रतिकूलता व्यहोरिरहेको छ ।

    यो राजनीति नै हो, जहाँ पुँजीका लागि प्रकृतिको अनियन्त्रित दोहन गरिन्छ । यस्तो दुष्कार्य संसारभरिका साम्राज्यवादीले गरिरहेका छन् । त्यसको प्रमाण यो हो– साम्राज्यवादी शक्तिहरू ग्लोबल वार्मिङ कम गर्न सहमत छैनन् । उनीहरूले प्रकृतिलाई प्राकृतिक अवस्थामा फिर्ता गर्नुपर्ने आवश्यक कामबाट आफूलाई अलग गरिरहेका छन् । यस्तो दुष्कार्यमा सबैभन्दा शीर्ष स्थान अमेरिकाको छ । अमेरिकी साम्राज्यवादको नेतृत्वमा अन्य नवसाम्राज्यवादी प्रकृति विरुद्ध सङ्घर्ष गरिरहेका छन् । त्यसमा थोरै योगदान हाम्रा देशको पनि छ । हाम्रो देशको सरकारले पनि प्रकृतिको अनियन्त्रित दोहनलाई प्रश्रय दिइरहेको छ । हामीकहाँ चुरेदोहनसँगै नदीजन्य पदार्थको अनियन्त्रित दोहन निरन्तर चलिरहेको छ । यद्यपि हाम्रो यस्तो क्रियाकलापको हिस्सा ग्लोबल वार्मिङमा त्यति बढी नहोला ।

    ग्लोबल वार्मिङका कारणले विश्वकै प्राणी जगत् खतरामा परिरहेका बेला त्यसको पक्षमा उत्पीडित जनता र उत्पीडित देशले आवाज उठाउनुपरेको छ । यदि साम्राज्यवादी शक्तिहरूलाई उनीहरूको पुँजीको तृष्णापूर्तिको मार्गमा बेलगाम डौडिन दिने हो भने विश्वबाटै प्राणी जगत्‌को समूल अन्त निश्चित छ । त्यस क्रममा सबैभन्दा पहिला मानव समुदायको अस्तिङ्खव यस धर्तीबाट समाप्त हुनेछ । यो भयावह स्थिति ढिलोचाँडो आउने निश्चित छ । यो विश्व समस्यालाई समाधान गर्न मुख्यतः विश्वभरिका सरकारले ध्यान दिनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । अब यो कार्यभार सर्वहारा वर्गको प्रतिनिधि कम्युनिस्ट पार्टीले वहन गर्नुपर्ने भएको छ ।

    हाम्रो देशमा तत्काल गर्नुपर्ने काम धानरोपाइँलाई सुनिश्चित गर्नु हो । देशको अन्नभण्डार मानिएको तराईमा अपेक्षित धानरोपाइँ नहुँदा खाद्यान्नको आन्तरिक आपूर्ति प्रभावित हुने निश्चित छ । त्यस्तो स्थिति उत्पन्न नहोस्, त्यसका लागि आपतकालीन बजेट विनियोजन गरेर धानरोपाइँ सम्पन्न गर्न सरकार गम्भीर हुनुपर्दछ । त्यसका लागि सरकारले फास्ट ट्र्याक कार्यशैलीमा बोरिङ, लिफ्‌टिङ वा त्यस्तै विभिन्न विकल्पबारे विचार गर्नुपर्दछ । राज्यशक्तिलाई तत्कालै यसमा लगाउनुपर्दछ । यदि यस जिम्मेवारीप्रति उदासिन रवैया अपनाउने हो भने हिउँदमा धानको सङ्कट व्यहोर्नुपर्ने स्थिति आउनेछ । देशलाई यो सङ्कटबाट बचाउने जिम्मेवारी सरकारको हो । यदि सरकारमा अलिकति पनि जनताप्रति उत्तरदायी भावना छ भने धानरोपाइँबारे द्रुत कदम चालिनुपर्दछ ।

    (युगदर्शन साप्ताहिक, वर्ष १६, अङ्क ३८, २०८२ साउन १४ गते बुधबारबाट लिइएको सम्पादकीय)

    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.