• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप


  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • सिरहा । इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ । वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि दैनिक सेवाग्राहीको भीड न्यून हुनको साथै सेवा प्रवाह पनि सहज भएको कार्यालयले जनाएको छ ।

    Advertisement

    ‘डिजिटल’ सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको यो प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको कार्यालयका प्रमुख गोकर्णराज सुयलले बताउनुभयो । “अनलाइन सिफारिस प्रणालीबाट नागरिकता बनाउँदा प्रक्रियागत झन्झट कम हुनुका साथै समयको बचत हुने भएकाले सेवाग्राहीलाई धेरै सहज बनाएको छ”,उहाँले भन्नुभयो,“पहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । हामीले दैनिक कामको दबाब पनि व्यवस्थापन गर्न सकिरहेका छौंँ । सेवाग्राहीको चापसमेत व्यवस्थित भएको छ ।”

    उहाँका अनुसार, अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरण प्रक्रिया सहज भएको छ भने सेवा प्रवाहमा छरितोपन आएको छ । प्रविधिमैत्री सेवा उपलब्ध गराउन सहज भएको र झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा पनि नियन्त्रण कायम भएको कार्यालय प्रमुख सुयलले बताउनुभयो । उहाँले यो प्रणालीले समग्र सेवा प्रवाहलाई ‘विचौलिया मुक्त’ बनाइ थप प्रभावकारी बनाएको उल्लेख गर्नुभयो ।

    कार्यालयका अनुसार, अनलाइन प्रणाली सुरु भएको पाँच महिनाको यस कार्यालयको कार्यक्षेत्रमा पर्ने विभिन्न स्थानीय तहको गरी ४० वटा वडा कार्यालयबाट अनलाइन सिफारिसमार्फत कूल एक हजार पाँच सय ८१ जना सेवाग्राहीले नागरिकता लिएका छन् । यसमा लहान नगरपालिकाका २४ वटै वडाबाट आठ सय ५४ जना, भगवानपुर गाउँपालिकाका– पाँच वडाबाट दुई सय १२ जना, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडाबाट दुई सय एक जना, धनगढीमाई नगरपालिकाका–१२, १३ र १४ बाट एक सय ३४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका –२ र ६ बाट एक सय २० जना र नवराजपुर गाउँपालिकाका–१ बाट ६० जना सेवाग्राही रहेका छन् ।

    सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि त्यहीँबाट अनलाइनमार्फत सिफारिस प्रक्रिया सुरु गरिन्छ । लहान इलाका प्रशासन कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन नागरिकता सिफारिस सेवा सुरु गरेको हो । सिफारिसका विवरणहरू सफ्टवेयर प्रणालीमा प्रविष्ट भएपछि ती जानकारी गृह मन्त्रालय अन्तर्गत रहेको नागरिकता फाँट विभागमा रजिष्ट्रेशन कोडको आधारमा प्रत्यक्ष रूपमा पहुँचयोग्य हुन्छन् । यसै प्रक्रियाबाट सेवाग्राहीले सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।

    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.