उत्तराखण्ड (भारत) । उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतवार भएको भगदडमा छ जनाको मृत्यु भएको खबर छ ।
Advertisement
मिडिया रिपोर्टअनुसार, भगदडको घटनामा धेरै व्यक्ति घाइते भएका छन् । त्यसैगरी राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समा पोस्ट गरेर यस घटनामा दुःख व्यक्त गरेका छन् ।
उनी लेख्छन्, “हरिद्वारको मनसा देवी मन्दिरमा भगदड मचिएको खबर अत्यन्त दुःखद छ।” “उत्तराखण्ड स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्यमा संलग्न भएका छन् । यस सम्बन्धमा निरन्तर स्थानीय प्रशासनसँग सम्पर्कमा छु र परिस्थितीमा निरन्तर निगरानी राखिएको छ । ……।”





