काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा रोक लगाउने निर्णय गरेपछि पहिलोपटक उनले पत्रकार सम्मेलन गर्ने भएकी छिन् ।
Advertisement
भण्डारीको सचिवालयका अनुसार आज साउन ९ गते दिउँसो ३ बजे कार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने भएकी हुन् ।
गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई राजनीतिमा रोक लगाउने निर्णय गरेको थियो ।