• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पानी तथा किटजन्य रोगको जोखिम बढ्दै, कसरी जोगिने?


  •   बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
  • डा शेरबहादुर पुन##

    वर्षात्मा पानीजन्य तथा किटजन्य रोगको जोखिम बढ्दै जान्छ।  यतिबेला रुघाखोकीको पनि जोखिम समेत बढ्ने भएकोले यी रोग लाग्ने कारणको पहिचान गरी त्यसै अनुसार सतर्कता अपनाउन जरुरी छ।

    Advertisement

    अहिले वर्षायामको सुरुवात मात्रै भएको छ।  यतिबेला झाडापखाला धेरै देखिएको छ। किटजन्य रोगमा लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण यो समयमा बढ्ने गर्छ।

    गत वर्ष जापानिज् इन्फेलाइटिसबाट नेपालभर १ दर्जनभन्दा बढीको मृत्यु भएको थियो, यस वर्ष त्यही क्रम बढ्छ कि भन्ने डर पैदा गरेको छ।  यसका लागि समस्याको पहिचान तथा समाधानको खोजीनीति गर्न आवश्यक छ। धेरै समयपछि गत वर्ष जापानिज् इन्फेलाइटिसबाट यति धेरैको मृत्यु भएको थियो।

    मनसुनको समयमा बढी देखिने समस्यामा झाडापखाला पर्छ। यसका साथै ज्वरो, हैजा, टाइफाइड लगायतका रोग पनि देखिने गरेका छन्।

    हाल शुक्रराज अस्पतालमा सर्पको टोकाइका बिरामीहरु बढी छन्। त्यसका साथै डेंगु, झाडापखालाका बिरामीहरु फाटफुट रुपमा देखिएका छन्, धेरै भने छैन।

    डेँगु 

    मनसुनको समयमा लामखुट्टेको संख्या निकै बढ्ने गर्छ । यसले विभिन्न रोग सार्छ । यस समय विशेष गरी डेँगुको जोखिम रहन्छ । लामखुट्टेलाई घरवरपर आउन नदिनका लागि सरसफाइमा ध्यान दिनुपर्छ । घरवरिपरिको वातावरण सफा राख्ने, खाल्डाखुल्डी पुर्नेलगायत काम गर्न सकिन्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरमा मस्क्युटो रिपेलेन्ट लगाउने गर्नुपर्छ । फुल स्लिभ भएका कपडा लगाउनु राम्रो हुन्छ ।

    ज्वरो 

    ज्वरो विभिन्न रोगको लक्षण हुन सक्छ । मुख्यतः यस समय धेरैमा टाइफाइड हुने जोखिम रहन्छ । त्यहीकारण खानपानमा ध्यान दिन जरुरी छ । अत्यधिक ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्नुपर्छ ।

    झाडा–पखाला 

    झाडा–पखालाको मुख्य कारण दूषित पानी र खराब खानपान हो । दूषित पानीले विभिन्न संक्रमण फैलाउन सक्छ । वर्षाको समय ढल वा अन्य फोहोर मिसिएर पानीको मुहान फोहोर हुन सक्छ । जसले झाडा–पखालाको संक्रमण फैलाउने जोखिम रहन्छ । त्यहीकारण उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्रै पिउनुपर्छ ।

    फुड पोइजनिङ 

    यस मौसममा देखिने अर्को समस्या फुड पोइजनिङको हो । त्यहीकारण बासी खाना, झिँगा भन्किएको वा दूषित खाना खानुहुँदैन । ताजा र राम्ररी पकाइएको खाना खानुपर्छ।

    मनसुनजन्य रोगबाट बच्ने उपाय 

    यस्ता रोगहरुबाट बच्नका लागि पहिला यी रोग लाग्ने स्रोतहरुको पहिचान गर्नुपर्र्ने छ। पानीजन्य रोग लाग्न नदिनका लागि स्वच्छ, सफा र किटाणुसहित पानीको सेवन तथा। डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक छ।

    त्यसका लागि लामखुट्टेको लार्भा नष्ट अभियान सरकारी स्तरबाट नै चलाउन आवश्यक रहेको छ। हावाजन्य रोगबाट बच्नका लागि घरबाहिर निस्किदा अनिवार्यरुपमा मास्क लगाउनुपर्छ।

    डेंगु नियन्त्रण कसरी गर्ने ?

    सरकारलाई विगतका वर्षहरुमा जस्तै लामखुट्टेको लार्भा नष्ट अभियान चलाउनुपर्ने हुन्छ।

    नेपालीहरुमा डेंगु चेतावनी बारे व्यापक प्रचार प्रसार गर्न आवश्यक रहेको छ। नेपालीहरुमा डेंगुलाई हल्का रोगका रुपमा लिने प्रचलन छ। डेंगु भइसकेपछि पनि दैनिक कामलाई निरन्तरता दिदैं आफुखुसी औषधि खाने प्रचलन रहेको देखिन्छ। डेंगु भइसकेपछि चिकित्सकको परामर्शमा मात्रै औषधि खानुपर्छ भन्नेबारे व्यापक जनचेतना फैलाउनुपर्ने हुन्छ। चिकित्सकको परामर्श बिनाको औषधि सेवन घातक पनि हुनसक्छ।

    सरकारले मनसुनजन्य रोगबारे जनचेतना बढाउनका लागि व्यापक काम गर्नुपर्ने हुन्छ। त्यसका साथै रोग बढेमा समयमै उपचारको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

    (सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

    बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.