• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘तपाईंकै हो टेपरिकर्डर, लैजानुस्’ (यात्रासंस्मरण)


  •   शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
  • विनबहादुर रेग्मी ##

    Advertisement

    सजीव चाहे मान्छे हो या चराचुरुङ्गी, जनावर, किराफट्याङ्ग्रा, आआफ्नै यात्रा हुन्छ । सृष्टि वाव जगतमा बाँच्नको लागि यो प्राकृतिक नियम नै हो । फरक यत्ति हो, मान्छेबाहेकका सजीवले लेख–अभिलेख स्मरण वा रेकर्ड राखेको अझैसम्म फेला परेको छैन ।

    मान्छेमा पनि कतिपयले आफ्नो तीनपुस्तै थाहा नपाउने, आफू किन जन्मेको भनेर मानव मूल्यमान्यता नै ख्याल नगर्ने छन् । तिनीहरू होमा हो मिलाउने, “ताक परे तिवारी नत्र गोतामे” जस्ता अवसरवादी खालका हुन्छन् । समाज विकास र देशको उन्नतिमा तिनीहरू सबैभन्दा बाधक हुन्छन् । “कहिले काफल पाक्यो, कहिले बिउ कुहियो”, कहिले ऊ राम्रो, कहिले यो राम्रो अस्थिर मनस्थितिका मान्छेसँग यात्रास्मरण नै हुँदैन होला ।

    जीवनयात्रा स्मरण नै नभएपछि आफूले गरेको गलत क्रियाकलापको आत्मग्लानी पश्चात्ताप भन्ने नै हुँदैन । सचेत र सङ्गठित वर्गचेत नहुँदा तिनीहरूलाई “अन्नको किरो” भन्ने गरिन्छ । मलामीको भारी, धर्तीको बोझ बनेर बाँचिरहेका ती मान्छेहरू सजीव त हुन् तर तिनीहरू जनावर र किराफट्याङ्ग्राको समूहमा पर्छन् ।

    यस सन्दर्भमा एउटा लोककथाको स्मरण भइरहेको छ ।

    कुनै समय गाउँमा एउटा घुमन्ते बटुवा थियो (तपाईंहरूलाई थाहा छ, बटुवाले यात्रा गर्दा कैयौँ अनुभव सँगालेको हुन्छ) । ऊसँग सुरुसुरुमा हिँड्ने खुट्टा र बाँच्नका लागि गाउँलेको घरदैलोमा माग्ने हातबाहेक सम्पत्तिको नाउँमा एउटा गादो (मागेको आटोपिठो राख्ने थैलो) मात्रै थियो । दिनभरि कहाँ जाने ? गन्तव्यको निश्चित टुङ्गो नभए पनि पाइला चलिरहेको हुन्थ्यो । दिनभरि गाउँगाउँमा घरको दैलोमा हात थापेर माग्ने, जे दिन्छन्, आटोपिठो थोरैधेरै जे जति मिल्छ, गादोमा हाल्ने गर्थ्यो ।

    घाम डुबेर जहाँ रात पर्छ, त्यहीँ बास हुन्थ्यो । दिनदिनैको दिनचर्या यसरी बित्दै थियो । एक दिन अचानक माग्दै जाँदा यति धेरै पिठो जम्मा भएछ, मानौँ हप्तादिन नडुले पनि छाक टार्न सकिन्थ्यो । संयोगले त्यो दिनको बास गाउँदेखि टाढा एकान्त जङ्गलमाझको पाटीमा (बटुवालाई बस्न बनाइएको टहरोपौवा) परेछ । मन खुसीले गदगद थियो, आज गादो भरिएको थियो । उसले सन्तोषको सास फेर्दै पाटीमा ढुङ्गाको सिरानी हालेर भुइँमा उत्तानो परेर सुतेछ । आफ्नो सम्पत्ति दिनभरि जम्मा गरेको पिठोको पन्तुरो खुट्टातिरको खाबोमा झुन्ड्याएछ तर खै किन हो, आज उसलाई जति कोसिस गर्दा पनि निद्रा लागेन ।

    उसले सोच्यो, आज यति धेरै पिठो जम्मा भयो, मैले खाएर सकिँदैन, भोलि पल्लो गाउँमा पनि यत्ति नै दिए भने, पर्सि अर्को गाउँमा झन् धेरै दिए भने मेरो पिठो त थुप्रै हुन्छ । एक मनले सोच्छ, गाईवस्तुलाई खुवाउँछु । फेरि सोच्छ, किन दिने ? उसले त वनभरि हरियो घाँस छ, पेट भरिहाल्छ नि । फेरि सोच्छ, गरिबदुखीलाई बाँडिदिन्छु । फेरि सोच्छ, आफै माग्ने बटुवा, मागेको पनि के बाँड्ने ?

    सोच्दासोच्दै रात झन् झन् कालो हुँदै, छिप्पिँदै थियो । निद्रा लागेकै थिएन । मनमा झन् झन् हलचल पैदा भइरहेको थियो । अन्तिममा जम्मा भएको थुप्रै पिठो बेचेर पैसा बनाउने निचोडमा पुग्छ । फेरि सोच्छ, यसरी बेच्दै जाँदा जम्मा भएको पैसाले कुखुरा किनेर पाल्ने, कुखुराको अन्डा चल्ला भाले बेच्ने, जम्मा भएको पैसाले बाख्रा किन्ने, बाख्राको बथान हुन्छ । एउटा दुहुनो गाईभैँसी पनि आउँछ । ओहो झ् मैले काम गर्न सक्दिनँ । गोठसोत्तर, दुध दुहुने, दुध तताउने, दही जमाएर मुइ पार्ने, घ्यु बनाएर बजारमा बेच्न जाने मैले एक्लै कसरी सक्छु र ?

    उसले सोच्यो, अब एउटी राम्री सुन्दरीलाई जीवनसाथी बनाउँछु । भ्याइनभ्याइ दिनभरि काममा पनि सघाउँछिन्, मिठोमसिनो पकाएर खान पनि दिन्छिन् । आलिसान दुईतले दलाने घरमा खोपीको छेउमा काम्लो, गद्दाको विस्तरामा रातको सुरुआत हुनेछ । श्रीमतीलाई ढाडमालिस गर्न भन्छु । एकछिनपछि खुट्टा पनि चिउरीको घ्यु लगाएर मालिस गर भन्छु । मैले जे जे भन्छु, त्यही गराउँछु । यदि नमानेपछि लात्ताले दनक दिन्छु ।

    सोचनीमै दिएको लात्ताको दनक सिधै पिठोको पन्तुरामा बजारियो । पिठो भुइँभरि पोखियो । धुलोमाटोमा कामै नलाग्ने भयो । सपना देख्नु के मेरो गल्ती थियो र ? उसले त्यो रातको त्यो घटनालाई जीवनको शिक्षा मान्यो ।

    भोलिपल्ट धन कमाउने धोकोसहित लाहुर हिँड्यो ।
    थाहा छ नि, तपाईंहरूलाई त्यो जमानामा लाहुर जान हप्ता दिनजति हिँडेर बस, रेल भएको ठाउँसम्म पुगिन्थ्यो । मेरो स्थिति पनि करिब करिब त्यस्तै भयो जस्तो लागिरहेको छ ।

    कैयौँ सयौँ हन्डरठक्कर यहाँ उल्लेख गरेर साध्य छैन । कति दिन भोकै गल्ली बाटो, दोबाटो बसअड्डा, रेल्वे स्टेसनमा फालेको जुठोपुरो, केराको बोक्रा खाएर दिन काटेको अत्रीत निकै कष्टकर छ । जिन्दगीको पूरै हिस्सा प्रवासमा बिताउने क्रममा पैसा पनि कमायो ।

    धेरै वर्षपछि प्युठान भालुबाङ–सडक पिच भइसकेपछि ऊ पहिलोपटक स्वदेश फर्कियो । दाह्रीजुँगा सेतै फुलेको, कपाल आधा झरिसकेको, त्योँ कोटफुर्से उत्तर प्रदेशको गान्डा पुग्यो । त्यहाँ अन्यत्रबाट आएका प्युठान जाने लाहुरे भेटिए । एक जना भाइ आफ्नो कमाइको पैसाले गतिलो टेपरिकर्डर किनेका रहेछन् ।

    बढ्नी जाने छोटीलाइन टिकट अठार रुपियाँ मात्र थियो । कृष्ण नगर पुगेपछि होटलवाला दलालको तानातानले बास अलग अलग भयो ।

    बिहानै बिहानै प्युठान प्युठान भन्दै बसले हर्न्र बजाउन थाल्यो । उनि त्यही बसमा ऊ (कोटफुर्से) पनि चढ्यो तर बसले प्यासेन्जर भर्दै थियो । उनी आत्तिएर खै किन झरे सिटमा, टेपरिकर्डर राखेर । बस उनलाई छोडेर हिडिहाल्यो । बस भालुबाङ रोकियो । उनको टेपरिकर्डर समातेर कोटफुर्से ती व्यक्ति अर्को बस नआउँदासम्म सडकछेउमै उभियो । अर्को बसमा ती व्यक्ति आएर हत्तपत्त यही हो मेरो भनेका थिए । कोटफुर्सेले हजुरकै हो लैजानुस् भन्यो ।

    उनी दङ्गै परे । नचिनेको, नजानेको मान्छेले यति इमानदारिता ? तपाईं को होँ भन्नुस ? आजको जमानामा यस्तो मान्छे पनि हुने रहेछन् । उनको जिज्ञासा मेटाउन कोटफुर्सेले थोरै आफ्नो अतीत पस्कियो–

    म गाउँको गरिब एक बटुवा थिएँ । मागेको पिठो आफैँ लात्ताले पोखेर मुग्लानी बनेकोजस्तै मान्छे । एकता समाजको सम्पर्कमा आएर मानव जीवन र जगत्को ज्ञान पाएँ । म एकता समाजको साधारण मान्छे हो । यत्ति बुझ्नुस् ।

    त्यसपछि हाम्रा आआफ्नो गन्तव्य सुरु भयो ।

    शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.