रौतहट । राष्ट्रिय जनमोर्चा रौतहटले एमसीसी खारेजीको माग गर्दै सोमबार झुनखुनवा चौकमा विरोध प्रदर्शन गरेको छ । सामाजिक दूरी कायम राख्दै भएको विरोध प्रदर्शनको अध्यक्षता राजमो जिल्ला अध्यक्ष हरिकिशोर महतोले गर्नुभएको थियो ।
Advertisement
विरोध सभामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य शेख कारीक, शेख नुरुलहक र प्रमोद साह तथा नगर कमिटीका अध्यक्ष लालबाबु साहले मन्तब्य राख्नुभएको थियो ।
जुलुशमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, भारतीय सेना नेपाल भूमि छोड, भारतीय साम्राज्यवाद मुर्दाबाद, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, राष्ट्रिय जनमोर्चा जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद जस्ता नारा लगाएका थिए ।
जुलुश झुनखुनवा चोकमा पुगेर कोणसभामा परिणत भएको राजमो जिल्ला अध्यक्ष हरिकिशोर महतोले जनाकारी दिनुभयो ।