• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

छाउपडी विरुद्ध चेतना जगाउन प्रौढ स्कुल खोलौँ : केसी


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले छाउपडी प्रथाका विरुद्ध जनचेतना जगाउन प्रौढ स्कुल खोल्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    २०८२ असार ३१ गते मङ्गलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कमला आउजी परियारको छाउगोठमा बस्दा सर्पले टोकेर निधन भएको सन्दर्भमा उहाँले सो आवश्यकतामा जोड दिनुभयो ।

    ‘सरकारले त्यहाँ छाउगोठ भत्काउन आदेश दिएको छ’ उहाँले भन्नुभयो– ‘युगौँयुगदेखि जनताको मनमस्तिष्कमा बसेको गलत संस्कार हटाउन प्रौढ स्कुल खोल्नुपर्दछ ।’

    छाउगोठ भत्काउनु नै समस्याको समाधान नभएको बताउँदै उहाँले अछाममा यस्तै छाउगोठ भत्काउँदा महिलाहरू ओडारमा गएर बसेको घटना स्मरण गर्नुभयो ।

    अध्यक्ष केसीले विद्यालयमा विदेश पठाउने शिक्षा पढाउनुको साटो छाउपडीजस्ता प्रथाको विरुद्ध चेतना जगाउने शिक्षा दिन आग्र्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘ठट्टाको कुरा होइन, छाउपडी प्रथाका विरुद्ध शैक्षिक अभियान चलाउनुपऱ्यो ।’

    सम्झौताअनुसार पानी पाउनुपऱ्यो
    मन्तव्यको क्रममा उहाँले प्रकृतिले ठगेर आकाशबाट पानी नपरेको अवस्थामा सिँचाइका लागि गण्डक सम्झौताअनुसारको पानी उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।

    ‘गण्डक सम्झौताअनुसार भारतले हामीलाई पानी दिएन’ उहाँले भन्नुभयो– ‘आफ्नै पानीमाथि अर्काको वर्चस्व हुने अनि हामीले ठुला ठुला गर्छौं ।’

    खानेपानी समस्या
    संसद्मा धारणा राख्ने क्रममा सांसद केसीले तराईका जनताले खानेपानी नपाएको समस्या पनि उठाउनुभयो ।

    ‘आजको एक्काइसौँ शताब्दीमा खानेपानी पाइनौँ भनेर जनताले संसद्मा रुवाबासी गर्नुपर्ने’ केसीले सरकारसित जबाफ माग्नुभयो– ‘यो विडम्बना कहिलेसम्म ?’

    खानेपानीजस्तो आधारभूत सुविधा पुऱ्याउन नसकेकोमा सरकारको आलोचना गर्दै उहाँले भन्नुभयो– ‘जुन देशका जनताले खानेपानी खान पाउन्नन्, ठुला ठुला विकासको अर्थ के हुन्छ ?’

    उहाँले तराईका जनतालाई खुवाउने पानीको तत्काल व्यवस्था गर्न माग गर्नुभयो ।

    ‘तराईका जनतालाई पानी त खुवाउनुपऱ्यो, अरू नसके पनि’ अध्यक्ष केसीले भन्नुभयो ।

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.