• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रविको पक्षमा हस्ताक्षर अभियान चलाउनु कुनै अर्थमा सही नभएको मसालको निष्कर्ष


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलमुक्त गराउन हस्ताक्षर चलाउनुलाई नेकपा (मसाल) ले कुनै अर्थमा सही नभएको बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार ३० गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    कुनै व्यक्तिलाई गिरफ्तार गरेपछि कानुनी प्रक्रिया चलाउन नदिएको अवस्थामा मात्र उक्त विषयलाई राजनीतिकरण गर्नु सही हुने विकल्प प्रस्तुत गर्दै मसालले रविको प्रकरणमा त्यस्तो नभएकाले यो विषयलाई राजनीतिकरण गर्नु वा हस्ताक्षर अभियान चलाउनु गलत भएको वक्तव्यमा उल्लेख गरेको छ ।

    रविका विरुद्ध विभिन्न जिल्लामा सहकारीको रकम अपचलनसम्बन्धी कैयौँ मुद्दा चलेकाले अदालतकै आदेशमा पुर्पक्षका लागि जेलचलान गर्नुलाई राजनीतिक पूर्वाग्रह भन्न नमिल्ने मसालको तर्क छ ।

    कुनै व्यक्ति अदालतमा पर्नेबित्तिकै दोषी नहुने स्मरण गराउँदै मसालले गिरफ्तार प्रत्येक व्यक्तिलाई अदालतमा आफ्नो पक्ष राख्ने अवसर दिने गरिएको र त्यो अवसर रविलाई पनि दिइएको उल्लेख छ ।

    सहकारी अपचलन प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका रविको पक्षमा हस्ताक्षर चलाउनु रास्वपाको दिवालियापन भएको मसालको वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा जेल राखिएको विषयलाई लिएर उनको पार्टीले देशविदेशमा जुन हस्ताक्षर अभियान चलाइरहेको छ, त्यसप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । उनका विरुद्ध सहकारी रकमको अपचलनसम्बन्धी कैयौँ मुद्दा परेको कुरा एउटा वास्तविकता हो । त्यस प्रकारका आरोपको गम्भीरतामाथि विचार गरेर नै अदालतले उनलाई पुर्पक्षका लागि जेलमा हाल्ने निर्णय गरेको छ । त्यो अवस्थामा उनका विरुद्धको कारबाहीलाई राजनीतिक पूर्वाग्रहयुक्त भन्नु सही नभएको कुरा छर्लङ्ग छ ।

    सहकारी रकमको अपचलनसम्बन्धी आरोपमा उनको मुद्दा यसकारणले अरू बढी गम्भीर छ कि उनका विरुद्ध त्यस प्रकारका आरोप कैयौँ जिल्लामा परेका छन् र त्यसबारे कैयौँ जिल्लाका अदालतमा मुद्दा चलिरहेका छन् । त्यो अवस्थामा उनका विरुद्धको मुद्दा धेरै नै गम्भीर भएको कुरामा कुनै शङ्का रहन्न ।

    ती आरोपमा उनी दोषी छन् वा निर्दोष ? त्यो कानुनी प्रक्रियाद्वारा टुङ्गिने कुरा हो । अहिले उनलाई जसरी पुर्पक्षमा जेलमा राखिएको छ, त्यो पनि अदालतको निर्णयअनुसार नै राखिएको छ । त्यसैले उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा जेलमा राखिएको भन्नु कुनै पनि हालतमा सही हुने छैन । उनी विरुद्ध कुनै अन्याय भएको छ भने त्यसका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउनु नै न्यायसङ्गत तरिका हो ।

    अहिले विभिन्न अपराधजन्य आरोपमा कैयौँ व्यक्ति पुर्पक्षका लागि जेलमा रहेका छन्, तिनीहरूमध्ये कतिपय व्यक्ति विभिन्न राजनीतिक पार्टीका नेता वा कार्यकर्ता पनि रहेका छन् । नेपालमा स्वयम् सत्तापक्षका कैयौँ नेता वा कार्यकर्ता पनि त्यसरी जेलमा पर्ने गरेका छन् ।

    सहकारी प्रकरणको अपचलनको आरोपमा पनि रवि लामिछानेभन्दा पहिले वा पछि पनि कैयौँ व्यक्ति जेलमा थुनिएका छन् तर अरू कसैले आफ्नो विषयमा राजनीतिकरण गर्ने वा सार्वजनिक रूपमा नै हस्ताक्षर अभियान चलाउने गरेको पाइँदैन । त्यसको विपरीत अहिले रास्वपाले उनका विषयमा जसरी हस्ताक्षर अभियान चलाउने काम गरिरहेको छ, त्यसलाई सही ठहऱ्याउनुका पछाडि कुनै पनि तर्कसङ्गत कारण देखिँदैन । त्यसले एक वा अर्को प्रकारले त्यो सङ्गठनको दिवालियापनलाई नै बताउँछ । यो पनि कम आश्चर्यको कुरा होइन कि कतिपय समाजका राजनीतिक वा सामाजिक दृष्टिकोणले उच्च प्रतिष्ठित व्यक्ति पनि त्यस प्रकारको अभियानमा सामेल भएर हस्ताक्षर गर्ने गरेका छन् ।

    उनीहरूको त्यो कार्य गलत भएको कुरामा ता कुनै शङ्का छैन । त्यसका साथै त्यसरी उनीहरूले आफ्नो व्यक्तित्व वा सामाजिक र राजनीतिक प्रतिष्ठाको नै अवमूल्यन गर्ने कार्य पनि गरेका छन्, त्यसका लागि उनीहरू पछि पछुताउनुपर्नेछ ।

    कुनै व्यक्ति कुनै आरोपमा थुनामा पर्नेबित्तिकै त्यो दोषी नै हुन्छ भन्ने होइन । त्यस प्रकारका कैयौँ व्यक्ति कानुनी प्रक्रियामा गएर छुट्ने पनि गरेका छन् । कसैलाई त्यसरी थुनामा राख्नु गलत छ भने त्यसबारे कानुनी प्रक्रियामा जानु नै सही कुरा हो । रवि लामिछानेले त्यो कानुनी प्रक्रियालाई पनि ठुलो सङ्ख्यामा अधिवक्ता राखेर अगाडि बढाउने कार्य गरिरहेका छन् । त्योबाहेक त्यो विषयलाई राजनीतिकरण गर्नु वा हस्ताक्षर अभियान चलाउनु न्यायप्रक्रियामाथि गलत प्रकारले जवाफ दिनु नै हुन जान्छ ।

    यदि कुनै व्यक्तिलाई गिरफ्तार गरेर उनीहरूलाई कानुनी प्रक्रिया चलाउन नदिएको अवस्थामा त्यसबारे त्यो विषयलाई राजनीतिकरण गर्नु अवश्य पनि सही हुन्थ्यो । अहिले रवि लामिछानेको विषयमा त्यस्तो भएको छैन र उनलाई आफ्नो कानुनी प्रक्रिया अगाडि बढाउने पूरा मौका दिइएको छ । त्यो अवस्थामा रास्वपाले उनको विषयलाई राजनीतिकरण गर्नु वा त्यसबारे हस्ताक्षर अभियान चलाउनु कुनै अर्थमा पनि सही नभएको कुरा प्रष्ट छ ।”

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.