• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हुलाकी सडक निर्माणमा चुरे संरक्षण कार्यक्रम बाधक


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • महेश रिजाल, भालुवाङ (दाङ) ।

    Advertisement

    पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माणमा सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम बाधक देखिएको छ ।

    उक्त सडकको चिराईखोला पक्की पुलदेखि पश्चिमोत्तर ११ किमि कपिलवस्तु जिल्लाको कल्याणकोट र गढवा गाउँपालिका–१ बौराहा क्षेत्र दाङ जिल्लाको १२.९ किमिसमेत २३.९ किमि र बौराहादेखि हुलाकी राजमार्गको गढवा–१ बनघुस्री सम्म ३५.९ किमि सडक निर्माण गर्न सरकारको राष्ट्रपति चुरे तराई मधेस सरक्षण विकास समिति बाधक बनेको देखिएको हो ।

    हुलाकी सडकअन्तर्गत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगञ्जचोकदेखि कपिलवस्तुकै शिवराज नगरपालिकास्थित चिराईखोला पुलसम्म २३ किमि दुरीमध्ये २० किमि पक्की र त्यसबाहेक ३ किमि ग्राभेल कार्य सम्पन्न भइसकेको छ ।

    सो विषयमा हुलाकी सडक आयोजना महाशाखाका महानिर्देशक कुवेर नेपालीसित सम्पर्क गर्दा गत दुई वर्षदेखि उक्त क्षेत्रको सडक निर्माणमा वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कनसमेत प्रमाणित भई सोही मन्त्रालयको सिफारिससाथ सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास प्रधान कार्यालय खुमलटार ललितपुरमा अनुरोध गरेको करिब दुई वर्षसम्म पनि सुनुवाइ नभई आलटाल हुँदा सो हुलाकी सडकको उक्त खण्ड निर्माणमा समस्या भएको बताउनुभयो ।

    यस विषयमा सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति प्रधान कार्यालय खुमलटारका प्रमुख सदस्यसचिव गणेश पौडेलसँग बुझ्दा सो माग आफूकहाँ आइपुगेको, सो विषयमा अध्ययन भइरहेको तर निर्णयमा पुगिनसकेको हुँदा सो हुलाकी सडकखण्ड निर्माणमा ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो ।

    सो हुलाकी सडक कपिलवस्तु र दाङदेउखुरी खण्डको करिब ३५ किमि दुरी निर्माणमा राज्यले ढिलाइ गरेकोले सो विषयमा वास्तविकता अध्ययनका लागि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवम् संविधानसभाका सभासद रश्मिराज नेपालीको नेत्तृव्वमा २०८२ असार २१ गते शनिबार कपिलवस्तुको सो हुलाकी सडक निर्माण रोकिएको चिराईखोला पुलसम्म स्थलगत अवलोकनका लागि पुगेको थियो ।

    टोलीमा राजमो दाङदेउखुरी जिल्ला समिति सदस्य नवराज शर्मा, अखिल (छैठौं) का रविन अधिकारी, राजमो गढवा गाउँ कमिटी सदस्य भरत अधिकारी, गढवा गाउ“पालिका कार्यपालिका सदस्य एवम् दलित नेता सूर्य नेपालीसमेतको सहभागिता रहेको थियो ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.