पथलैया । बारामा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको जिल्ला सम्पर्क समिति गठन भएको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलको उपस्थितिमा २०८२ असार २० गते शुक्रबार सम्पन्न भेलामाझ सो समिति गठन भएको हो ।
समितिको संयोजकमा मणि पौडेल तथा सदस्यमा शान्ताराम खनाल, हेमराज पौडेल, हरि पौडेल र कुलप्रसाद आचार्य रहनुभएको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य धर्मानन्द सुवेदी र राजमो मधेस प्रदेश समितिका अध्यक्ष शेरबहादुर कार्कीको आतिथ्य रहेको थियो ।