• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा पूर्वाधार थप्दै


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवद्र्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ ।

    Advertisement

    जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार विसं २००६ तिर फेला परेको थियो । ठूलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ । उक्त ढुङ्गालाई विसं २०१२ देखि गाउँलेले गणेशको रूपमा पूजा गर्दै आए पनि बाहिरबाट खास्सै भक्तजन जाँदैन्थे । अहिले प्रचारप्रसार हुन थालेपछि जैमिनी र आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन् ।

    नगरपालिकाले हात्तीढुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको छ । यस वर्ष पनि संघीय सहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोड लागतमा सडक लगायतका पूर्वधार निर्माण गरिएको छ ।

    नगर उपप्रमुख हरिहर शर्माले रु ५० लाखमा बारीखेतदेखि हात्तीढुङ्गा जोड्ने सडक निर्माण गरिएको र रु ५० लाखमा मन्दिर, खेलमैदान, सत्तल लगायतका पूर्वाधार निर्माण गरेको उहाँको भनाइ छ । यसभन्दा अगाडि खानेपानी र शौचालय लगायतका संरचना बनाइसकेको शर्माले बताउनुभयो । स्थानीयले पहिले सिद्धीविनायक गणेश मन्दिर गरेर पूजाआजा गर्दै आएको भन्दै सोही स्थानमा शिवमन्दिर निर्माण गरिएको शर्मा बताउनुहुन्छ ।

    उपप्रमुख शर्माले भन्नुभयो, “हात्तीढुङ्गा जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य हो, यसलाई पर्यटकीय र धार्मिक हिसाबले विकास गर्दै गइरहेका छौँ, पछिल्लो समय यहाँ आउने भक्तजनको सङ्ख्या पनि बढ्दै गएको छ, यहाँ नागरिकको पनि ठूलो लगानी छ, राज्यका विभिन्न निकायबाट हालसम्म रु एक करोड ४० लाख बढी लगानी भएको छ, यसको प्रवद्र्धनका लागि नगरपालिकाले पनि निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।

    स्थानीय तुलबहादुर थापा यहाँ पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहेको हुँदा पछिल्लो समय धार्मिक पर्यटक बढ्न थालेको बताउनुभयो । खास गरि यहाँ शिवरात्रिमा ठूलो पूजाआजा हुने हुँदा जैमिनीसहित, बरेङ, बागलुङ, गुल्मी लगायतका ठाउँबाट भक्तजन आउने गरेको उहाँको भनाइ छ । पहिले गाउँका स्थानीयले मात्रै पूजाआज गर्ने हात्तीढुङ्गामा अहिले टाढा–टाढाबाट भक्तजन आउन थालेपछि चहलपहल बढ्ने गरेको थापा बताउनुहुन्छ । यहाँसम्म आइपुग्ने सडकलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

    बिहिबार, असार १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.