हिमाचल । गत जुन ३० को राति हिमाचल प्रदेशको मण्डीमा बादल फाट्ने १० वटा घटना भएका थिए । यसबाट आएको बाढीका कारण ४५ जना बेपत्ता भएका थिए ।
Advertisement
स्थानीय प्रशासनका अनुसार बुधबार बिहानसम्म १० जनाको शव फेला परेको छ र ३५ जनाको खोजी जारी छ । स्थानीयहरुको अनुसार मण्डी हुँदै बग्ने ब्यास नदी उर्लिरहेको छ ।
मण्डीको कठुनागमा बाढीले धेरै घरहरू बगाएको छ । मण्डीको कारसोग, धर्मपुर, बागशायद, थुनाग, गोहर क्षेत्रका १०० भन्दा बढी गाउँहरू २४ घण्टाभन्दा बढी समयदेखि अन्धकारमा छन् । बुधबार राज्यमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ ।