• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

धमिराको पिसाबबाट बन्ने पौष्टिक र स्वादिष्ट देवल च्याउ


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । धमिराको पिसाबबाट च्याउ फल्छ भन्दा पत्याउन गाह्रो होला, तर प्रकृतिमा यस्तै अनौठा र आश्चर्यजनक घटनाहरू भइरहेका हुन्छन् । नेपालका विभिन्न जंगली क्षेत्रमा पाइने ‘देवल च्याउ’ यस्तै एक अद्भुत प्राकृतिक उपज हो, जुन धमिराले बनाएको अग्लो ढिस्को (देवल) मा उम्रन्छ र यसको उत्पत्तिको कारण धमिराको पिसाबलाई मानिन्छ । यो च्याउ पौष्टिक र अत्यन्तै स्वादिष्ट हुने भएकाले स्थानीय स्तरमा निकै लोकप्रिय छ ।

    Advertisement

    कसरी बन्छ देवल च्याउ ?

    धमिरा, जसलाई एक कुशल इन्जिनियर पनि मानिन्छ, उसले आफ्‌नो र्याल र माटो मिसाएर वर्षौं लगाएर अग्लो र कलात्मक घर बनाउँछ, जसलाई ‘देवल’ भनिन्छ । यो देवलभित्र लाखौं कोठाहरू, रानी धमिराको विशेष कक्ष र व्यवस्थित सामाजिक संरचना हुन्छ ।

    वर्षायाममा पानीले देवललाई गलाउन वा भत्काउन सक्ने खतरा हुन्छ । यसबाट बच्न धमिराले आफ्‌नो देवलको पर्खालमा एक प्रकारको रसायनयुक्त पिसाब छर्किन्छ । जब पानी पर्छ, यही रसायनले माटोलाई झन् बलियो बनाउँछ र देवल भत्किनुको साटो चट्टानजस्तै कडा बन्छ । यही वर्षाको पानी र धमिराको पिसाबबीचको रासायनिक प्रक्रियाले देवलको वरिपरि एक विशेष प्रकारको च्याउ उम्रने वातावरण तयार गर्छ, जसलाई ‘देवल च्याउ’ भनिन्छ।

    देवल च्याउ बाहिरबाट सानो देखिए पनि यसको जरा देवलको भित्री भागसम्म फैलिएको हुन्छ । स्वादिष्ट च्याउको खोजीमा मानिसहरूले जरासहित च्याउ निकाल्नका लागि धमिराले वर्षौं लगाएर बनाएको कलात्मक देवल भत्काइदिने गर्छन् । यसले गर्दा, एक छाक मिठो च्याउका लागि प्रकृतिको एउटा अद्भुत संरचना र हजारौं धमिराको बासस्थान क्षणभरमै नष्ट हुन्छ ।

    यो च्याउ धमिराको देवलबाटै निस्कने भएकाले यसको नाम ‘देवल च्याउ’ रहन गएको हो । स्थानीयहरूले यसलाई विभिन्न परिकार बनाएर खाने गर्दछन् ।

    यद्यपि, देवल च्याउ जति नै स्वादिष्ट मानिए पनि जंगली च्याउको उपभोगमा भने अत्यधिक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । नेपालमा हरेक वर्ष जंगली र विषालु च्याउ खाएर सयौ“ मानिस बिरामी पर्ने र कयौंले ज्यान गुमाउने दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन् । त्यसैले, कुनै पनि जंगली च्याउको पहिचान नगरी र राम्ररी नचिनिकन खानु ज्यादै ख तरनाक हुन सक्छ ।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.