खिमराज चालिसे, चन्डिगढ ##
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढले क्यान्सर पीडित लोकबहादुर खाँम्चाको उपचारमा सहयोग गरेको छ ।
२९ जुन २०२५ का दिन चन्डिगढ सेक्टर ३३ मा कार्यरत पीडित खाम्चालाई रू ३३६०० आर्थिक सहयोग गरेको हो ।
पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा नं.९ मेलढाब घर भई लामो समयदेखि भारतको चन्डिगढमा कार्यरत खाँम्चाले क्यान्सर भएको थाहा पाएपछि मूल प्रवाहसँग सहयोग अपिल गरेका थिए ।
आर्थिक कमजोर भएको र उपचार खर्च बढी लाग्ने देखेपछि मूल प्रवाहका कार्यकर्ताले सहयोग सङ्कलन गरि हस्तान्तरण गरेको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, सञ्चारकर्मी खिमराज चालिसे, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, सचिव थानेश्वर पान्डे, कोषाध्यक्ष विष्णु बेल्बासे, नगर सदस्य अर्जुन विक र नगर सदस्य दुर्गा विक सहभागी टिमले उहाँकै डेरामा पुगी सहयोग हस्तान्तरण गरेको थियो ।
सहयोग हस्तान्तरण पछि पीडित खाम्चा र श्रीमति देवी खाँम्चाले मूल प्रवाहलाई धन्यवाद ज्ञापन गरेका थिए ।
