• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नेपालमा कृषि क्षेत्रको मुख्य समस्या बिचौलिया हो : घले (भिडियो अन्तर्वार्ता)


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष केबी घलेले नेपालका किसानको मुख्य समस्या बिचौलिया भएको बताउनुभएको छ ।

    २०८२ असार ५ गते बिहीबार आफ्नै निवास नागार्जुन नगरपालिकामा युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘कृषि क्षेत्रको मुख्य समस्या भनेकै बिचौलिया हो’ उहाँले भन्नुभयो– ‘बिचौलियाकै कारण नेपालका किसानले उचित मूल्य पाउँदैनन् ।’

    त्यसैगरी, सरकारले वास्तविक किसानलाई अनुदान नदिइएको गुनासो उहाँको थियो ।

    उहाँले भन्नुभयो– ‘सब्सिडी किसानलाई दिइएको छैन । कस्तो दिइएको छ भने अनुदान बाँडेको छ सरकारले । बाँडेको छ कसलाई भने एकैचोटी साठी लाख, सत्तरी लाखसम्म पनि आफ्नो पार्टीकालाई भोलिका लागि भोट बैङ्क बनाएर दिइएको छ ।’

    नेता घलेले कृषि क्षेत्रको विकासका लागि सरकारसित योजना नै नभएको आरोप लगाउनुभयो ।

    ‘योजना नै छैन कृषिमा’ उहाँको भनाइ थियो– ‘योजना कस्तो ल्याइयो भने कृषिलाई पूरै हतोत्साहित पार्ने ल्याइयो ।’

    त्यस्तै, बजेटमार्फत भूमि बैङ्कको अवधारणा घुसाइएकोमा उहाँले देशका खेतियोग्य जमिनलाई प्रधानमन्त्रीले आफ्नो निजी सम्पत्ति ठानेको बताउनुभयो ।

    नेपाली जनताप्रति इङ्गित गर्दै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीको सम्पत्तिजस्तो भयो यो देशको जमिनजग्गा त, जहिले पनि विक्री गर्न सक्छु भन्ने । खै जनताले बुझेको ?’

    उहाँले भूमि बैङ्कलाई देशै बेच्ने प्लानजस्तो भएको बताउनुभयो ।

    यसपटकको बजेटमा पनि कृषि क्षेत्रको विकासका लागि ठोस योजना नल्याइएको उहाँको दाबी थियो ।

    ‘समस्त बजेटको दुई प्रतिशत गत आर्थिक वर्षमा थियो भने त्यो पनि घटेर आएको छ । कृषि क्षेत्रमा लगानी छैन । बजेटको व्यवस्था गरिएकै छैन । किसानलाई त पूरै उपेक्षा गरेको छ सरकारले’ उहाँले भन्नुभयो ।

    त्यसैगरी, अप्फासहितका छ किसान सङ्गठनले ६५ बुँदे मागपत्र सरकारलाई बुझाए पनि त्यसप्रति सरकारको बेवास्ताप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।

    ‘छ किसान सङ्गठन उठ्ने पक्षमा गइसकेका छौँ’ उहाँले भन्नुभयो– ‘सडकमा नआईकन यिनले सुन्दैनन् । यिनलाई हामीले केही धक्का दिनैपर्छ । यिनले हेपेकै हुन् हामीलाई । सङ्गठनलाई मतलबै नगरेका हुन् भन्ने हामीलाई लागेको छ ।’

    अन्तर्वार्ताको क्रममा उहाँले गरिब किसानलाई किसान परिचयपत्र दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘जुन किसानलाई खान पुग्दैन, एकदम गरिब छन्, ती किसानलाई किसान परिचयपत्र बाँडेर उनीहरूलाई रासनको व्यवस्था गरिदिनुपऱ्यो ।’

    आफ्नो सङ्गठनले नयाँ र वैज्ञानिक तरिकाले कृषिको विकास गर्नुपर्छ भन्ने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।

    नेकपा (मसाल) सितको सम्बन्धबारे चर्चा गर्दै उहाँले मसालमा निष्कलङ्क नेताहरू रहेको दाबी गर्नुभयो ।

    ‘मसालका नेता हेरौँ । पुराना नेता चित्रबहादुर केसी हुनुहुन्छ, कसैले विरोध गर्न सक्दैनन् उहाँको’ उहाँले भन्नुभयो– ‘किन सक्दैनन् उनीहरूले केसीको विरोध गर्न ? मिस्टर क्लिन भनिदिए हुन्छ उहाँलाई ।’

    त्यस्तै, मसालले कृषिलाई प्राथमिकता दिएर अघि बढ्नुपर्दछ, कृषि उत्पादनमा जोड दिनुपर्दछ भनेकोमा त्यसलाई उहाँले राम्रो पक्ष बताउनुभयो ।

    अन्तर्वार्ताको क्रममा उहाँले २००८ सालमा डा. केआई सिंहले जेल तोडेर आफ्नै घरनजिकैको बाँसको झ्याङमा बसेको स्मरण गर्नुभयो ।

    आफ्नो सुरुदेखि नै अन्यायको विरोध गर्ने बानी रहेकाले निरङ्कुश पञ्चायतीकालमा नै राजनीतिमा लागेको जानकारी दिनुभयो ।

    २०२८ सालतिर भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा आफूले राधिकापुरको बाटो नेपालले पाउनुपर्दछ भन्ने पक्षमा आवाज उठाएको उहाँले स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘राधिकापुरको बाटो नेपालले पाउनैपर्छ भनेर आवाज उठाउनेमा म पनि सम्मिलित थिएँ ।’

    पत्रकारितामा स्नातक तहसम्म उत्तीर्ण गरेका घलेले आफूलाई पत्रकार बनेर काम गर्ने मन भए पनि बैङ्कको जागिरे भएकाले त्यस्तो गर्नु सम्भव नभएको जानकारी दिनुभयो ।

    ‘म पत्रकार भएर हिँड्नुपर्ने तर जागिर बैङ्कमा थियो’ राष्ट्रिय वाणिज्य बैङ्कबाट सेवानिवृत्त ७३ वर्षीय नेता घलेले थप्नुभयो– ‘जागिर भएकाले बैङ्क छोडेर पत्रकारितातिर लाग्ने कुरा भएन ।’

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शनको युट्युब च्यानल yugdarshan 2076 वाच गर्न अनुरोध गरिन्छ)

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.