काठमाडौं । कालीमाटीमा नेपाली गोलभेँडाको मूल्य घटेको छ तर, भारतीय गोलभेँडाको मूल्य भने बढेको समितिले जनाएको छ । यसले नेपाली गोलभेँडा उत्पादक कृर्षकहरू मर्कामा परेका छन् । त्यस्तै कालीमाटीमा आज नेपाली कृर्षकहरूद्धारा उत्पादित धेरैजसो तरकारीको मूल्य घटेको छ । केही तरकारी भने हिजो–अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ ।
कालीमाटीमा आज ठूलो नेपाल गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ९४, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४३, रातो आलु ३९, सुकेको भारतीय प्याज ४२, लोकल गाँजर ७३, बन्दा ३३, स्थानीय काउली ४५, रातो मुला ३०, सेतो मुला २५, लाम्चो भन्टा १२, डल्ले भन्टा २१, तने बोडी १५, मकै बोडी ४९ रुपैयाँ प्रतिकिलो छ ।
त्यसैगरि करेला ३१, परबल ३०, घिरौँला २५, झिँगुनी ४५, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २४, पाकेको फर्सी ४०, भिन्डी १७, कन्य च्याउ १५२, डल्ले च्याउ २७०, ब्रोकाउली ५२, न्युरो २६, कुरिलो २७५, सिताके च्याउ ८६६, राजा च्याउ २९२ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो ।
कालीमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा ६३, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा ४८, टनेलको गोलभेँडा ५४, रातो आलु ३८, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ६६, बन्दा ३३, स्थानीय काउली ५०, लोकल सेतो मुला ३१, लाम्चो भन्टा १५, डल्ले भन्टा ३०, तने बोडी २१, मकै बोडी ५४ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ३२, परबल ३०, घिरौँला २८, झिँगुनी ४५, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २९, पाकेको फर्सी ४०, भिन्डी १८, कन्य च्याउ १६४, डल्ले च्याउ २६४, ब्रोकाउली ५१, न्युरो २९, कुरिलो २७५, सिताके च्याउ ८३७, राजा च्याउ २९५ रुपैयाँ प्रतिकिलो थियो ।
