• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जापानमा मुद्रास्फीति दर बढेपछि चामलको मूल्य दोब्बर


  •   शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
  • जापान । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    Advertisement

    ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ । मुद्रास्फीतिका कारण सम्भवतः बैंक अफ जापानले ब्याज दरहरू बढाउने सम्भावना बलियो देखिएको छ ।

    आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्च महिनामा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत भएकोमा अप्रिलमा यो ३.० प्रतिशत कायम भएको छ ।

    समग्र असन्तुलित मुद्रास्फीति मार्च र यो महिनामा समान ३.६ प्रतिशत रहेको छ ।

    करिब तीन वर्षदेखि आन्तरिक मुद्रास्फीति जापानको केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ ।

    यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट उत्पन्न अनिश्चितताले केन्द्रीय बैंकलाई तत्कालका लागि आफ्नो वर्तमान अडानमा अडिग रहन प्रेरित गर्न सक्छ ।

    बैंकले मे महिनाको सुरुमा आफ्नो अन्तिम बैठकमा आफ्नो मुख्य ब्याज दर स्थिर राखेको थियो तर कर वृद्धिले विश्वव्यापी आर्थिक अनिश्चिततालाई बढावा दिइरहेको भन्दै बैंकले जापानको लागि आर्थिक वृद्धिको पूर्वानुमानलाई परिमार्जन गरेको छ।

    सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि जापानमा मुद्रास्फिति देखिएको थियो ।

    चामलको मूल्यवृद्धि सरकारका लागि राजनीतिक टाउको दुखाइ बनेको छ ।

    शुक्रबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ ।

    मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा पठाएको छ ।

    सन् २०२३ मा अत्यधिक गर्मी मौसम (कम बर्षा र खडेरीका) का कारण खराब उत्पादन हुनु र गत वर्ष ‘महाभूकम्प’ को चेतावनीका कारण आत्तिएर किनमेल गर्नु पनि यो कमीको मुख्य कारण हो ।

    खपत बढ्नुमा पर्यटकको उच्च आगमनलाई पनि जिम्मेवार मानिएको छ भने केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान गरिएको छ ।

    यसै साता जापानका कृषिमन्त्री ताकु इटोले चामलको विषयमा भएको गडबडीका कारण जनआक्रोश उत्पन्न भएपछि राजीनामा दिनुभएको थियो ।

    उहाँले सप्ताहन्तमा एक सभामा भन्नुभयो, ‘मैले आफैले कहिल्यै चामल किनेको थिइनँ किनभने मेरा शुभेच्छुकहरूले मलाई यति धेरै चामल दिन्छन् कि म व्यावहारिक रूपमा यसलाई बेच्न सक्छु।’

    इटोको राजीनामापछि प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, ‘म जापानी जनतासँग माफी माग्छु किनभने उहाँलाई नियुक्त गर्नु मेरो जिम्मेवारी हो ।’

    उहाँले भन्नुभयो, ‘चामलको मूल्य उच्च छ भन्ने कुरा एक पटकको घटना होइन तर संरचनात्मक घटना हो । मलाई लाग्छ, हामीले यस विषयमा गहन छलफल गर्नुपर्छ र ती (चामलको मूल्य) अवश्य पनि घट्नुपर्छ।

    क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियान्टले भन्नुभयो, “साप्ताहिक धानको मूल्यमा स्थिरताको सङ्केत देखिएको छ, त्यसैले चामलको मुद्रास्फीति केही समयपछि फेरि नरम हुन थाल्नुपर्छ।

    उहाँले केन्द्रीय बैंकले यस वर्ष नीतिलाई थप कडा बनाउने अपेक्षा गरेको पनि बताउनुभयो ।

    शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.