काठमाडौँ । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।
Advertisement
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।
यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
जसमा डा. विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना, पूर्वसचिव डा.दिनेश भट्टराई थिए । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको बताए ।