काठमाडौँ । आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
Advertisement
स्कटल्यान्डमा आगामी जुन २०२५ मा आयोजना हुने सिरिजका लागि टोलीको कप्तानी नियमित कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ ।
सो टोलीमा आशिफ शेफ, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमत र गुल्सन झा रहेका छन्।
यस्तै, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल परेका छन्।
त्यस्तै, रिजर्भ खेलाडीमा किरन ठगन्ना, लोकेश बम र रुपेश सिंहलाई राखिएको छ।
बसिर नन्दन र रिजन पछिल्लो समय नियमित टोलीमा थिएनन्।