कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले जिल्लाको महाकालीपारि दोधारा चाँदनीमा प्रतिगमनको खतराविरुद्ध खबरदारी सभा गरेको छ।
Advertisement
राजमोले बाबाथान र चाँदनी बजारमा पर्चा वितरण गर्नुका साथै लठ्ठाघाटमा कोणसभा गरेको हो राजमो जिल्ला सचिव लालबहादुर कुँवरले सञ्चालन गर्नुभएको कोणसभामा जिल्लाअध्यक्ष रामबहादुर कार्कीले राजावादी खतरा, राष्ट्रियताको रक्षा र संघीयताबारे धारणा राख्नुभएको थियो ।
राजमो कञ्चनपुरले ‘प्रतिगामी खतराविरुद्ध संघर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारा सहित जिल्लाका विभिन्न स्थानमा साताव्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।