बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रतिगामी खतराको विरुद्धमा जिल्लाका विभिन्न स्थानमा सभा सम्पन्न गरेको छ ।
‘प्रतिगामी खतराका बिरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ मूल नाराका साथ विभिन्न मितिमा फरक फरक स्थानमा सभा सम्पन्न भएका हुन् ।
पालिकास्तरीय विरोध कार्यक्रमको क्रममा २०८२ वैशाख २० गते सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित बुद्धचौकमा, वैशाख २१ गते देवदह नगरपालिकाको खैरेनीबजारमा, वैशाख २२ गते शुद्धोधन गाउँपालिकाको फर्साटिकर बजारमा र वैशाख २३ गते मङ्गलबारका दिन तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा विरोध कार्यक्रम सम्पन्न भएका छन् ।

उक्त कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतम, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्त, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीलगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
यसै सिलसिलामा आज वैशाख २४ गते कञ्चन गाउँपालिकाको हरैयाबजारमा, वैशाख २५ गते सैनामैना नगरपालिकाको मुर्गियाबजारमा र अन्त्यमा बुटवल उपमहानगरपालिकाको बुटवलमा समापन कार्यक्रम सम्पन्न हुनेछ ।
