• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आवासीय चिकित्सकको आन्दोलन जारी, सरकारसँगको सहमति ‘अमान्य’


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सक र सरकारबीच भएको भनिएको सहमति ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’लेअस्वीकार गरेको छ । यो सँगै संघर्ष समितिले आन्दोलन जारी राख्ने भएको छ ।

    Advertisement

    शनिबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति भएको थियो। यससँगै आवासीय चिकित्सकहरूको आन्दोलन फिर्ता गरिएको भनिएको थियो।

    तर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रवक्ता डा। सञ्जय बरालले विज्ञप्ति जारी गरी ‘पटकपटक निर्देशन दिनेबाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको’ भन्दै आन्दोलन जारी नै राख्न बाध्य भएको बताएका हुन्।

    विज्ञप्तिमा लेखिएको छ, ‘विभिन्न सञ्चारमाध्यमहरूमा आएका ‘आन्दोलनरत चिकित्सकहरू र सरकारबीच सहमति’ शीर्षकका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारसँग हाम्रो कुनै पनि सहमति नभएको जानकारी गराउन चाहन्छौँ। चिकित्सा शिक्षा आयोगको मिति २०८१/१०/२५ गतेको सोह्रौँ पूर्ण बैठकले निर्णय गरेबमोजिमको पारिश्रमिक करिब ३ महिनादेखि नपाएको र पटकपटक निर्देशन दिनेबाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको अवस्थामा हामी हाम्रा आन्दोलनका कार्यक्रमहरू सुचारु राख्न बाध्य छौँ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तीन महिनादेखि पारिश्रमिक नपाएका आवासीय चिकित्सकहरूलाई पारिश्रमिक दिलाउनुको सट्टा निर्देशन दिने सहमतिजस्ता निर्लज्ज क्रियाकलापहरूप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ।’

    यस क्रममा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले दुई बुँदामा आफ्ना माग पनि प्रस्तुत गरेको छ। जुन पूरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ।

    समितिले श्रम शोषणविरुद्धको संघर्षमा साथ र सहयोग दिन इन्टर्न, मेडिकल अधिकृत, आवासीयलगायत सम्पूर्ण चिकित्सक, देशभरका मेडिकल समाज, बुद्धिजीवी र आम नागरिकलाई अनुरोध पनि गरेको छ।

    यस्ता छन् उसका मागः
    १० सम्पूर्ण निजी मेडिकल कलेजका एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकहरूको मासिक पारिश्रमिक (सरकारी आठौँ तह सरह) भुक्तानी गरियोस्। त्यस्तो निर्णय नमान्ने निजी मेडिकल कलेजहरूलाई एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच कार्यक्रमको सम्बन्धन खारेज, बिमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्नेलगायतका कारबाही गर्ने निर्णय गरियोस्। साथै नेपाली स्वाथ्य शिक्षा तथा सेवामा दूरगामी नकारात्मक असर पर्ने खालका कुनै पनि निर्णय हामीलाई कदापि स्वीकार्य छैनन्।

    २० स्नातकोत्तर कार्यक्रमहरूलाई पूर्ण वैज्ञानिक बनाउन हामीसँग प्रतिबद्धता जनाइएबमोजिम छुट्टै नियामक अंगको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था, विश्वविद्यालय र मेडिकल कलेज प्रशासनको आचरण र व्यवहार, अध्यापक जनशक्तिहरूको आचरण र व्यवहारलगायत विषय समेटी पीजी ९स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि० निर्माण गर्ने ड्राफ्टिङ कमिटी बनाइयोस्।

    संघर्ष समितिले घोषणा गरेको विरोध कार्यक्रम यस्ता छन्

    आगामी कार्यक्रम २०८२/०१/२१ गते आइतबार
    १) सम्पूर्ण आवासीय चिकित्सकहरूले मागहरू सम्बोधन नहुन्जेलसम्म आफूले प्रदान गर्दै आएका सेवाहरू बहिष्कार गर्ने।

    २) उपत्यकाभित्र थपः
    कार्यक्रमस् माइतीघर मण्डलामा सेतो एप्रोनसहित धर्नारर्‍याली कार्यक्रम
    समयः बिहान ११ बजे ।

    ३) उपत्यकाबाहिर थपः
    बिहान ९-१० बजे देशभरका स्वास्थ्य संस्थामा ब्यानर र प्लेकार्डसहित समर्थन प्रदर्शन गर्ने

     

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.