काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले गणतन्त्रको रक्षार्थ चन्द्रागिरी, तारकेश्वर र जरसिंहपौवामा सभा गर्ने भएको छ ।
Advertisement
‘प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ मूल नाराका साथ राजमो काठमाडौँले सो कार्यक्रम गर्न थालेको हो ।
राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेका अनुसार वैशाख २० गते शनिबार चन्द्रागिरी गुर्जुधारामा सभा सम्पन्न गरिनेछ ।
उहाँले गुर्जुधाराकै अन्य केही स्थानमा पनि सभा सम्पन्न गर्ने योजना बनेको जानकारी दिनुभयो ।
त्यस्तै, वैशाख २४ गते बुधबार तारकेश्वरमा सभा सम्पन्न गरिनेछ । बेलबासेका अनुसार त्यस दिन माछापोखरी र तीनपिप्लेमा सभा सम्पन्न हुनेछन् ।
वैशाख २७ गते शनिबार काठमाडौँकै जरसिंहपौवामा सभा सम्पन्न गरिनेछ ।
कार्यक्रममा राजमो सम्बद्ध विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।