• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु हो : केसी


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राजनीतिमा सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु रहेको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एक सय छत्तिसौँ मे दिवसको अवसरमा २०८२ वैशाख १८ गते अबेर रातीसम्म आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका केसीले भन्नुभयो– ‘सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु हो । जनतालाई चेतनशील बनाउनु हो ।’

    भूमिगत कालमा आफूहरूले चेतनशील बनाएका जनतामा अझै पनि सही धारणा कायम रहेको उहाँले बताउनुभयो ।

    ‘मुख्य कुरा जनतालाई चेतनशील बनाउनु हो’ उहाँले भन्नुभयो– ‘जुन जनतालाई हामीले भूमिगत कालमा सचेत गराएका थियौँ, ती जनता अहिले पनि बिग्रेका छैनन् ।’

    उहाँले आफूहरू सचेत पार्न सकेका जिल्लाका जनतामा गलत राजनीतिको विरोध गर्ने चेतना रहेको स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘जुन जिल्लामा हामीले जनतालाई बुझाउन सकेका छौँ; जस्तो : बागलुङ, प्युठान, अर्घाखाँची आदि ठाउँमा, त्यहाँका जनताले दरबारिया, काङ्ग्रेस, एमाले, माओवादी आदिलाई घृणा गर्दछन् ।’

    जनतामा संसार बदल्ने अजेय शक्ति रहेको उहाँको भनाइ थियो ।

    ‘जनताले सही कुरा बुझ्दा च्याङकाई सेक ढल्यो; जार ढल्यो; भारतबाट अङ्ग्रेज भागे; नेपालबाट राणाशासन, निरङ्कुश पञ्चायती शासन र राजतन्त्र भाग्यो’ उहाँले जनता कहिलेकाहीँ मात्रै जाग्ने गरेको विश्लेषण पनि गर्नुभयो ।

    अध्यक्ष केसीले राजनीति गर्नेहरूका विचार, बोली, व्यवहार र चरित्र नमुना हुनुपर्ने जिकिर गर्नुभयो ।

    ‘राजनीति गर्नेहरूका विचार, बोली, व्यवहार र चरित्र नमुना हुनुपऱ्यो; त्यसमा दृढता हुनुपऱ्यो’ उहाँले भन्नुभयो– ‘त्यसको प्रभाव जनतामा पार्न सकियो भने जनता अजेय किल्ला बन्नेछ ।’

    उहाँ यस काममा धैर्यतापूर्वक दत्तचित्त भएर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अन्तर्राष्ट्रियका महासचिव खुम रायमाझी, नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंह, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली, अन्तर्राष्ट्रियकी सल्लाहकार निशा खनाल र नेपाली एकता समाजककी जमुना सापकोटाले पनि मन्तव्य राख्नुभएको थियो ।

    अन्तर्राष्ट्रियका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा सचिव तेजेन्द्र क्षेत्रीको उद्घोषणमा अघि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष प्रेम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.